काठमाडौं । यामाहाले डब्लूआर १५५ को मन्स्टर एडिसन सार्वजनिक गरेको छ । कम्पनीले मन्स्टर एडिसन इन्डोनेशियामा सार्वजनिक गरेको हो ।
दुई नयाँ कलर व्लू र व्ल्याक थप भएर आएको अफरोड मोटरसाइकलमा लामो ट्राभल सस्पेन्सन र स्लीम बडी डिजाइनमा तयार भएको छ ।
यामाहाले यसमा ८.१ लिटर क्षमताको इन्धन ट्याङ्क, कन्भेन्सनल ह्याण्डलबार, सिंगल पिस सिट, स्पोक ह्वील र एलसीडी इन्ट्रुमेन्ट क्लष्टर दिएको छ । यसको इन्ट्रुमेन्ट क्लष्टरमा ओडो मिटर, ट्रिप मिटर, औषत इन्धन खपत, गियर पोजिसन, घडी जस्ता जानकारी पाउन सकिन्छ ।
डब्लूआर १५५ मा दिइएको १५५ सीसी क्षमताको लिक्विड कुल्ड, भीभीए इन्जिन उपलब्ध छ । उक्त इन्जिनले अधिकतम १६.७ पीएस पावर र १४.३ न्यूटन मिटर टर्क प्रदान गर्छ ।

यो अफरोड मोटरसाइकलमा अगाडि ४१ एमएमको टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्स दिइएको छ । यसमा अगाडि २१ र पछाडि १८ इन्चको स्पोक ह्वील दिइएको छ । यसमा अफरोड र सहरी दुबै बाटो सुहाउँदो ड्यूल पर्पोज टायर उपलब्ध छ ।

