४ भेरियन्टमा पाइन्छ यामाहा एफजेड भी ३, मूल्य अन्तर ५८ हजारसम्म

काठमाडाैं । यामाहाको नेपाली बजारमा सर्वाधिक विक्री हुने मोटरसाइकल यामाहा एफजेडएस भी ३ हो । कम्पनीले केही समय अगाडी मात्र नेपाली बजारमा यसको बीएस ६ भर्सन सार्वजनिक गरेको छ ।

हाल नेपाली बजारमा यामाहा एफजेड भी ३को ४ भेरियन्ट विक्री भइरहेको छ । यसका यामाहा एफजेड भी ३, एफजेडएस भी ३, एफजेडएस भी ३ एक्स कनेक्ट र एफजेडएस भी ३ डार्क नाइट रहेको छ ।

यामाहा एफजेड भी ३ र यामाहा एफजेडएस भी ३ डार्क नाइट भर्सनबीचको मूल्य अन्तर भने ५८ हजार रुपैयाँ रहेको छ । यामाहा एफजेड भी ३ को मूल्य कम्पनीले हालै मात्र सार्वजनिक गरेको मूल्यसूचीमा ३ लाख २६ हजार रुपैयाँ निर्धारण गरेको थियो ।

त्यस्तै यामाहा एफजेडएस भी ३ बीएस ४ भर्सनको मूल्य ३ लाख ४४ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीले हालै मात्र सार्वजनिक गरेको यामाहा एफजेडएस भी ३ एक्स कनेक्ट फिचरको मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ । बीएस ४ भर्सन र बीएस ६ एक्सकनेक्ट फिचर भर्सनबीच मो ३० हजार रुपैयाँ भिन्नता रहेको छ ।

बीएस ४ र बीएस ६ मोटरसाइकलमा धेरै भिन्नता भने पाइदैन् । बीएस फोर इन्जिनले १३.२ पीएस पावर दिन्छ भने बीएस सिक्स इन्जिनले १२.४ पीएस पावर मात्रै प्रदान गर्छ ।

टर्क भने बीएस सिक्स मोडलको धेरै छ । यसले अधिकतम १३.३ एनएम टर्क प्रदान गर्दा बीएस फोर इन्जिनले १२.८ एनएम टर्क प्रदान गर्छ । दुबैमा समान ५ स्पीड गियरबक्स रहेको छ ।

दुबै मोडलमा समान सिंगल च्यानल एबीएस र एउटै साइजको डिस्क ब्रेक दिइएको छ । समान १७ इन्चको टायर, अगाडि टेलिस्कोपीक फर्क र पछाडि एड्जस्टेवल मोनोक्रस सस्पेन्सन पाउन सकिन्छ ।

नयाँ बीएस सिक्स मोडलको तौल बीएस फोरको तुलनामा २ केजी कम छ । त्यही कारण बीएस सिक्स मोडलको माइलेज पुरानोको तुलनामा धेरै पाउन सकिन्छ भने नयाँ प्रदुषण मापदण्डको इन्जिन भएको कारण प्रदुषण कम गर्छ ।

दुबै मोटरसाइकलमा समान लम्वाई, चौडाई, उचाई र ह्वील वेस रहेको छ । फ्यूल ट्याङ्क भने नयाँ मोडलमा केही ठूलो छ । डिजिटल स्पीडोमिटर, फ्यूल गेज, लो फ्यूल इन्डिकेटर, इलेक्ट्रीक स्टार्ट, एलइडी हेडल्याम्प, टर्न सिग्नल, टेललाइट जस्ता फिचर एउटै प्रयोग भएका छन् ।


Back_to_top