काठमाडौं । होन्डा इन्डिया ग्लोबल मार्केटका लागि इन्जिन उत्पादन गर्न सुरु गरेको छ । कम्पनीले २५० सीसी क्षमता र यसभन्दा माथिका इन्जिन उत्पादनका लागि निर्भर भएको हो ।
कम्पनीले गुजरात विठ्ठलपुरमा रहेको आफ्नो चौथो सोरुमबाट ग्लोबल इन्जिनको निर्माण सुरु गरेको हो ।
कम्पनीले पहिलो वर्ष ५० हजार यूनिट इन्जिन उत्पादन क्षमता रहेको जनाएको छ । आवश्यकता अनुसार यसको क्षमता वृद्धि गर्दै जाने कम्पनीले बताएको हो । यसको लागि कम्पनीले १३५ करोडभन्दा धेरै लगानी गरेको छ ।
होन्डा इन्डियाले भारत, थाइल्याण्ड, अमेरिका, क्यानडा, यूरोप, जापान, अष्ट्रेलिया, खाडी मुलुकहरु लगायतका लागि समेत इन्जिन निर्यात गर्ने भएको हो ।

