अब हिरो इलेक्ट्रीकमा १५ मिनेटमा फुल चार्ज हुने ब्याट्री

काठमाडौं । हिरो इलेक्ट्रीकले नयाँ ब्याट्री उत्पादक कम्पनीसँग साझेदारी गरेको छ । कम्पनीले बैंगलोर बेस ब्याट्री टेक्नोलोजी स्टार्टअप कम्पनी लग ९ मेटेरियल्ससँग सम्झौतामा हस्ताक्षर गरेको हो ।

कम्पनीले आगामी दिनमा ल्याउने इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकलमा लग ९ इन्स्टा चार्जिङ र्यापिडएक्स ब्याट्री प्रयोग गर्नेछ । लग ९ ब्याट्रीको प्रयोगपछि हिरोका इलेक्ट्रीक स्कुटर १५ मिनेटमा फुल चार्ज हुने कम्पनीले दाबी गरेको छ ।

लग ९ ब्याट्री प्याकमा फास्ट चार्जङ, लामो रेन्ज र लामो समयसम्म टिकाउ हुने जस्ता शिेषता रहेको छ । लग ९ ब्याट्री लामो समयको परीक्षण भइसकेको छ । कम्पनीले अमेजन, सेडोफेक्स, डेलीभरी, फिल्पकार्ट, जस्ता डेलिभरी कम्पनीहरुसँगको सहकार्यमा धेरै समय परीक्षण गरेको हो ।

लग ९ ब्याट्री माइनस ३१ डिग्रीदेखी ६० डिग्री तापक्रमसम्म काम गर्न सक्नेछ । यो ब्याट्रीको लाइफ १० वर्षभन्दा धेरै भएको कम्पनीको दाबी छ ।

हिरो इलेक्ट्रीकको सबै उत्पादनहरु रिमुभएबल ब्याट्री प्याकका साथ आएका छन् ।


Back_to_top