काठमाडौं । इभीइ इन्डियाले नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले इभीइ ‘सोल’ मोडल सार्वजनिक गरेको हो ।
कम्पनीले हाई रेन्ज क्षमता भएको इलेक्ट्रीक स्कुटर सोल हिजो मगंलवार सार्वजनिक गरेको हो । यसले एक पटकको फुलचार्जमा १२० किलोमटिर रेन्ज दिने कम्पनीले दावी गरेको छ ।
सोल स्कुटरलाई फुलचार्ज गर्न ३ देखि ४ घन्टा लाग्ने छ । यसको टप स्पीड क्षमता भने ६० किलोमिटर प्रतिघन्टा रहेको छ । यो स्कुटरको मूल्य कम्पनीले १ लाख ३९ हजार भारतीय रुपैयाँ निर्धारण गरेको छ ।
कम्पनीका अनुसार इभीइ हाई स्पीड इलेक्ट्रीक स्कुटर हो । यसका अलावा यसमा एन्टी थेप्ट अलार्म, जीपीएस नेभिगेशन, यूएसबी पोर्ट, कि–लेस स्टार्ट, रिभर्स मोड, सीबीएस जस्ता धेरै फिचर उपलब्ध छन् । कम्पनीले यसमा प्रयोग गरेको ब्याट्रीमा ३ वर्षको वारेन्टी प्रदान गरेको छ । यसमा रिमुभेवल लिथिएम आयोन (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ ।
कम्पनीले २०२७ सम्ममा यसको २० लाख यूनिट बजारमा विक्री गर्ने लक्ष्य राखेको जनाएको छ । युरोपियन टेक्नोलोजीमा आधारित यो स्कुटर निर्माणको क्रममा अनुसन्धान, डिजाइन, उत्पादन र विक्री नेटवर्क तयार गर्न ८० करोड भारतीय रुपैयाँ लगानी गरेको कम्पनीको दावी छ । कम्पनीले १०० एकड जग्गामा सुविधा सम्पन्न, हाइटेक तथा इको फेन्ड्ली प्लान्ट लगाएको छ ।
हालै मात्र नेपाली बजारमा इभीइ ब्रान्ड भित्रिएको छ । इभीइको लागि सुन्दर ट्रेड आधिकारिक वितरक हो । कम्पनीले इभीइ सोल चाँडै नेपाली बजारमा ल्याउने जानकारी दिएको छ ।

