नयाँ वर्षमा नयाँ कार खोज्नेलाई थपिदै यी ४ मोडल

काठमाडौं । नयाँ वर्ष २०२२ सुरु हुन केही दिन मात्रै बाँकी रहेको छ । कोभिड १९ को त्रास, सेमी कन्डक्टरको सर्टेज, उपभोक्तको आम्दानीमा ह्रास जस्ता कारण सन् २०२१ विश्व अटोमोवाइल बजारको लागि सुखद हुन सकेन । यद्यपी भारतमा उत्पादन गर्ने विभिन्न कम्पनीले केही नयाँ मोडल सार्वजनिक गरेका छन् । ती मोडल अहिले नेपाल आउने तयारीमा रहेका छन् ।

मारुती सुजुकी, टाटा, महिन्द्रा जस्ता कम्पनीले भारतमा उत्पादन गरेका केही मोडल नेपाल आउँदै छन् भने चिनियाँ र अन्य देशका कम्पनीले उत्पादन गरेका नयाँ मोडल पनि नेपाल आउने क्रममा रहेका छन् ।

यस्तोमा सन् २०२२ को जनवरी र फेब्रअरी भित्रै नेपाल आउने केही मोडलको बारेमा हामीले यहाँ चर्चा गर्न लागेका छौं ।

प्रोटोन एक्स ५०

जगदम्बा मोटर्सले नयाँ एसयूभी एक्स ५० नेपाल ल्याएको छ । अहिले यसको विभिन्न किसिमको सडक परिक्षण भइरहेको कम्पनी स्रोतको भनाई छ । प्रोटोन एक्स ७० को तुलनामा केही सानो साइजमा उपलब्ध एक्स ५० जनवरीबाट विक्री सुरु हुने अनुमान गरिएको छ ।

विशेषत सुरक्षा फिचरमा निकै ध्यान दिएर उत्पादन भएको एक्स ५० मा ६ वटा एयरव्याग, इलेक्ट्रोनिक स्टेविलिटी कन्ट्रोल (इएससी), अटोनोमश इमर्जेन्सी ब्रेकिङ (एइबी), एडप्टीभ क्रुज कन्ट्रोल, इन्टेलिजेन्ट क्रुज कन्ट्रोल, लेन किप एसिस्ट, लेन डिपार्चर वार्निङ, व्लाइन्ड स्पट इन्फर्मेशन सिस्टम, इन्टेलिजेन्ट हाई बीम कन्ट्रोल, टायर प्रेसर मोनिटर, अटो पार्क एसिस्ट र ३६० डिग्री क्यामेरा जस्ता फिचर दिइएको छ ।

कम्पनीले यसको अन्तर्राष्ट्रिय बजारमा विक्री वितरण गर्दै आएको मोडलमा १.५ लिटर टिजिडीआई इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १७७ पीएस पावर र २५५ एनएम टर्क प्रदान गर्छ । उक्त इन्जिनमा म्यानुयल मोड सहितको ७ स्पीड ड्यूल क्लच ट्रान्मिशन दिइएको छ । चालकले स्टेरिङ मोड र ड्राइभ मोड छनोट गर्न सक्ने छन् ।

एक्स ५० मा फुल एलइडी हेडल्याम्प, १८ इन्चको अलोय ह्वील, वेलकम लाइट, क्वाड एग्जस्ट पाइप, ड्यूल टोन इन्टेरियर, एलसीडी मिटर कम्बीनेशन, पानारोमिक सनरुफ, फ्लोटिङ फ्लोर कन्सोल जस्ता विशेषता पाउन सकिन्छ ।

नयाँ जेनेरेशन सेलेरियो

सिजी मोटोकर्पले मारुती सुजुकीको नयाँ जेनेरेशन सेलेरियोको बुकिङ खुल्ला गरिसकेको छ । जनवरीकाे दाेस्राे  हप्ताबाट विक्री सुरु गर्ने लक्ष्यसहित बुकिङ खुल्ला गरेको सेलेरियोको सुरुवाती मूल्य पनि घोषणा भएको छ । कम्पनीले यसको सुरुवाती मूल्य २७ लाख ९९ हजार रुपैयाँ हुने जनाएको छ ।

मारुती सुजुकीले पहिलो पटक सेलेरियोमा १.० लिटर ड्यूलजेट इन्जिन दिएको छ । आइडियल स्टार्ट/स्टप सिस्टम सहित आएकोले यो इन्जिनले २६.६८ किलोमिटर प्रतिलिटरको उच्च माइलेज दिने कम्पनीले दावी गरेको छ ।

यसमा दिइएको इन्जिनले अधिकतम ६६ हर्स पावर र ८९ एनएम टर्क प्रदान गर्छ । यसअघिको सेलेरियोको तुलनामा नयाँ इन्जिनले २ हर्स पावर र एक एनएम टर्क कम उत्पादन गर्छ । यसलाई कम्पनीले भारतमा म्यानुयल र एएमटी गियरबक्समा विक्री गर्दै आएको छ । नेपाल कुन गियरबक्समा आउने छ भन्ने कुनै जानकारी प्राप्त भएको छैन ।

पहिलो पटक सेलेरियोमा इन्फोटेन्टमेन्ट सिस्टम, अलोय ह्वील जस्ता फिचर थप गरेको छ । क्यावीन पनि पहिलेको तुलनामा प्रिमियम पाउन सकिन्छ ।

टाटा पन्च

टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले माइक्रो एसयूभी पन्च पनि चाँडै नेपाल आउने जनाएको छ । टाटाले यसको विक्री सुरु भएसँगै ग्लोवल एनक्याप क्र्यास टेष्ट गराएको थियो । उक्त परिक्षणमा पन्चले ५ स्टार सेफ्टी रेटिङ पाएको छ । यो सँगै पन्च सुरक्षाको हिसावले पनि उत्कृष्ट माइक्रो एसयूभी बन्न सफल भएको छ ।

टाटा पन्चमा १.२ लिटर थ्रि सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८६ बीएच पावर र ११३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्स उपलब्ध हुनेछ । यसमा १८७ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।

टाटा पन्चको डोर ह्याण्डल पिलरमा दिइएको छ । निकै बाक्लो बडी क्लाडिङ, स्क्वायर अफ ह्वील आर्क, एलइडी टेलल्याम्प, हर्मनको ७ इन्च इन्फोटेन्टमेन्ट सिस्टम, ९० डिग्रीमा खुल्ने ढोका, १६ इन्चको डायमन्ड कट अलोय ह्वील, अटोमेटीक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर, रिभर्स क्यामेरा र सेन्सर, पुस बटम स्टार्टरस्टप बटम, दुई एयरव्याग, एबीएस, इबीडी, ब्रेक एसवे कन्ट्रोल, इएससी, कुल्ड ग्लोबबक्स, क्रुज कन्ट्रोल, अटो फोल्डिङ ओआरभीएम, लेदर र्याप स्टेरिङ ह्वील जस्ता फिचर पाउन सकिन्छ ।

नेपाली बजारमा पन्चको मूल्य २८ लाख ५० हजारदेखि ४६ लाखसम्म पर्ने अनुमान गर्न सकिन्छ ।

बोलेरो नियो

महिन्द्राको आधिकारीक वितरक अग्नी इनकर्पोरेट प्रालिले बोलेरो नियो चाँडै सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले टीयूभी ३०० नामबाट विक्री गर्दै आएको मोडलमा फेसलिफ्ट गरेसँगै यसको नाम पनि परिवर्तन भएको हो । कम्पनीले आफ्नो चर्चित नेम प्लेट बोलेरोमा नियो थप गरेर यसलाई भारतमा विक्री गर्दै आएको छ ।

नयाँ मोडलमा पहिलेको टियूभी ३०० को तुलनामा धेरै परिवर्तन पाउन सकिन्छ । नयाँ हेडल्याम्प, अगाडिको बम्पर, १५ इन्चको अलोय ह्वील, पछाडि टेलगेटमा दिइएको स्पेयर टायर जस्ता परिमार्जन देख्न सकिन्छ । साथै, गाडीको डिजाइनमा प्रयोग भएका फरक फिचरले यसलाई बोल्ड बनाएको छ ।

बलेरो नियोमा अधिकांश फिचर पहिलेकै टियूभी ३०० कै प्रयोग भएको छ । ड्यासबोर्ड, टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम, सिट लगायतका फिचरलाई निरन्तरता दिइएको छ । यसमा नयाँ इन्ट्रुमेन्ट क्लष्टरको प्रयोग गरिएको छ भने पछाडिको सिटमा आर्मरेष्ट थप गरिएको छ ।

महिन्द्राले बलेरो नियोमा १.५ लिटर टर्बो डिजेल इन्जिनको प्रयोग गरेको छ । उक्त इन्जिनले १०० पीएस पावर र २४० एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स दिएको छ । यसको मूल्य लगायतका विषयमा अहिलेसम्म कुनै जानकारी प्राप्त छैन ।


Back_to_top