काठमाडौं । नेपाली बजारमा १२५ सीसी सेग्मेन्टका स्कुटरहरूमा प्रतिस्पर्धा बढ्दो रहेको छ । पछिल्लो समय १२५ सीसी सेग्मेन्टका स्कुटरको माग बढेसँगै सबैजसो कम्पनीहरूले १२५ सीसी सेग्मेन्टमा उत्कृष्ट उत्पादन बजारमा उतार्दै आएका छन् ।
ग्राहकको बढ्दो मागका कारण सबैजसो कम्पनीहरूले बीएस ६ स्कुटर भित्र्याएका छन् । नेपालमा मोटरसाइकल तथा स्कुटर विक्री गर्ने कम्पनीहरूले मोटरसाइकलभन्दा स्कुटरलाई मुख्य प्राथमिता दिएर बीएस ६ मापदण्डका स्कुटर भित्र्याएका छन् ।
पछिल्लो समय नेपालमा यामाहा, होन्डा, सुजुकी, टीभीएसले बीएस ६ मापदण्ड अनुरुपका स्कुटर ल्याएका छन् । यी कम्पनीहरूले मोटरसाइकलभन्दा पहिला नै स्कुटर बीएस ६ मापदण्डका ल्याएका हुन् ।
नेपाली बजारमा आफ्ना सम्पूर्ण उत्पाादन बीएस ६ भर्सनको विक्री गर्ने कम्पनीमा केटीम र हस्र्कभर्ना रहेका छन् । आज हामी नेपाली बजारमा उपलब्ध बीएस ६ १२५ सीसी सेग्मेन्टका स्कुटहरूको बारेमा चर्चा गर्ने छौं ।
यामाहा रेजेडआर १२५

यामाहाले नेपालमा सबैभन्दा पहिला दुई बीएस ६ भर्सनका स्कुटर सार्वजनिक गरेको थियो । यामाहा मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक विक्रेता एमएडब्ल्यु इन्टरप्राइजेजले रेजेडआर १२५ र फसिनो १२५ बीएस ६ भर्सनमा सार्वजनिक गरेको हो । यी दुवै स्कुटरमा एउटै इन्जिनको प्रयोग गरिएको छ ।
यामाहा रेजेड आर १२५ मा १२५ सीसी, एयर कुल्ड, ४ स्ट्रोक, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ६५०० आरपीएममा ८.२ पीएस पावर तथा ५००० आरपीएममा ९.७ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटर ०–६० को स्पीड मात्र ७.५९ सेकेन्डमा भेट्छ ।
यसमा ट्युबलेस टायर दिइएको छ भने फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा स्वीङ यूनिट रहेको छ ।
यो स्कुटरको तौल ९९ केजी रहेको छ जुन सेग्मेन्टकै सबैभन्दा कम हो । तर, कम्पनीकै यामाहा फसिनो १२५ एफआईसँग भने बराबर हो । रेजेड आर १२५ मा फसिनोमा रहेको धेरै फिचर समान रहेका छन् । साइड स्यान्ड इन्जिन किल सेन्सर, अटोमेटिक इन्जिन स्लिप रअन जस्ता फिचर यसमा ग्राहकले पाउने छन् । यसको सुरूआती मूल्य २ लाख ६५ हजार ९०० रुपैयाँ रहेको छ ।
टीभीएस एनटर्क १२५

टीभीएस मोटरसाइकलका लागि नेपालको अधिकृत विक्रेता जगदम्बा मोटर्सले आफ्नो पहिलो बीएस ६ दुईपाग्रेमा एनटर्क १२५ भित्र्याएको थियो । कम्पनीले एनटर्क १२५ को मागलाई मध्यनजर गर्दै एनटर्क बीएस ६ भर्सन मोटरसाइकलभन्दा पहिला नै नेपालमा सार्वजनिक गरेको हो । हाल टीभीएसले आरटीआर २०० फोरभी आरटी एफआई बीएस ६ सार्वजनिक गरेको छ ।
बीएस ६ एनटर्क १२५ मा १२४.८ सीसी, ३ भल्भ, एयरकुल्ड, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ७००० आरपीएममा ९.१ बीएच पावर तथा ५५०० आरपीएममा १०.५ एनएम टर्क जेनेरेट गर्छ । बीएस ६ एनटर्कमा ५.८ लिटर इन्धन राख्न सकिने भएको छ ।
यो स्कुटरमा टीभीएस स्मार्ट कनेक्टको सहायतामा नेभिगेसन, अन्तिम समयमा पार्किङ गरेको स्थान, कल तथा एसएमएस नोटिफिकेसन जस्ता फिचर रहेको छ । यसका अलवा यसमा राइड स्टाटिस्टिक्स, ल्याप टाइमर, ०–६० एशेलेरेसन टाइमर तथा मोड परिवर्तन गर्न सकिने छ ।
सस्पेन्सलाई कम्पनीले बीएस–४ बाट नै निरन्तरता दिएको छ । फ्रन्टमा टेलिस्कोपिक तथा रियरमा ग्यास चार्जड मोनोसक सस्पेन्सन रहेको छ । यो स्कुटरको फ्रन्टमा २२० एमएमको डिस्क ब्रेक रहेको छ भने रियरमा १३० एमएम ड्रम ब्रेक रहेको छ ।
यसमा फुल डिजिटल एलसीडी कन्सोल, फुल एलइडी हेडलाइट तथा टेल लाइट जस्ता फिचर रहेको छ । एनटर्क १२५ बीएस ६ को मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ ।
होन्डा ग्राजिया

होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले होन्डा ग्राजियाको बीएस ६ भर्सन पहिलो पटक नेपालमा भित्र्याएको छ । होन्डाले हाल नेपाली बजारमा ३ मोडलका मोटरसाइकलसमेत बीएस ६ भर्सनमा विक्री गर्दै आएको छ ।
होन्डा ग्राजियामा १२४ सीसी, सिंगल सिलिन्डर, एफआई, एयर कुल्ड इन्जिन रहेको छ । यसले ६००० आरपीएममा ८ बीएच पावर तथा ५००० आरपीएममा १०.३ अधिकतम टर्क जेनेरेट गर्दछ । यो स्कुटरमा ५.३ लिटरको इन्धन ट्यांकी दिइएको । यो स्कुटरको फ्रन्टमा टेलिस्कोपीक र रियरमा थ्री स्टेप एड्जष्टएबल स्प्रीङ लोडेड हाइड्रोलिक सस्पेन्सन रहेको छ ।
होन्डा ग्राजियामा नयाँ एलइडी हेडल्याम्प तथा टेलल्याम्प पाउन सकिन्छ भने यसमा अल न्यू डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । यसमा रियल टाइम माइलेज, ट्रिप मिटर, एभरेज माइलेज जस्ता फिचर थप गरिएको छ । यसको सुरूवाती मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ रहेको छ ।
सुजुकी बर्गम्यान १२५

सुजुकीले केही दिन अघि मात्रै बीएस ६ भर्सनमा बर्गम्यान १२५ सार्वजनिक गरेको छ । कम्पनीले यसअघि नै एसेस १२५ को बीएस ६ भर्सन नेपाली बजारमा विक्री गर्दै आएको छ । सुजुकी मोटरसाइकत तथा स्कुटरको नेपालको लागि अधिकृत विक्रेता कम्पनी भीजी सुजुकीले मोटरसाइकलभन्दा स्कुटरलाई प्राथमिकता दिएर बीएस ६ भर्सन स्कुटर नेपाल भित्र्याइरहेको छ ।
सुजुकी वर्गम्यानमा १२४ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन रहेको छ । यसले ६५७० आरपीएममा ८.७ पीएस पावर तथा ५५०० आरपीएममा १० एनएम टर्क जेनेरेट गर्छ । यसमा ५.५ लिटरको इन्धन क्षमतको ट्याङकी रहेको छ ।
कम्पनीले यसलाई नयाँ कलर अप्सन, चार्जिङ पोर्ट, अन्डर सिट क्षमता वृद्धि गरेर सार्वजनिक गरेको हो । यसमा २१ लिटर क्षमताको स्टोरेज रहेको छ । यसका साथै यसमा इन्टिग्रेटेड इजी स्टार्ट सिस्टम, फुल डिजिटल क्लस्टर, डबल लगेज हुक जस्ता फिचर रहेको छ ।
त्यसैगरी, यसम एलइडी लाइट्स, डिस्क ब्रेक, स्र्पोटी मफलर कभर, विन्डस्क्रीन जस्ता फिचर उपलब्ध छ । यसको मूल्य २ लाख ७४ हजार ९०० रुपैयाँ रहेको छ ।


