काठमाडौं । इलेक्ट्रीक कार उत्पादनमा आक्रमक रणनीति बनाएको टाटाले नेक्सन इभीको रेञ्ज बढाउने रिपोर्टहरु सार्वजनिक भएको छ । कम्पनीले अहिलेको तुलनामा धेरै रेञ्जसहित अबको केही समयपछि नै नेक्सन बजारमा ल्याउने तयारी गरेको हो ।
नेपालमा पनि टाटा नेक्सन अत्याधिक माग भएको इलेक्ट्रीक एसयूभी हो । माग अनुसारको सप्लाई भने हुन सकिरहेको छैन । अहिले बजारमा उपलब्ध नेक्सनमा ३०.२ किलोवाट आवरको लिथियम आयोन व्याट्री दिइएको छ । कम्पनीले नयाँ फेसलिफ्ट मोडलमा ४० किलोवाट आवरको व्याट्री दिने रिपोर्ट बाहिर आएको छ ।
अहिले बजारमा उपलब्ध नेक्सन इभीको एआरएआईले प्रमाणित गरेको रेञ्ज ३१२ किलोमिटर भएपनि यसले सडकमा २५० किलोमिटर रेञ्ज प्रदान गर्ने चालकहरुले बताउने गरेका छन् । फेसलिफ्ट मोडलले ४०० किलोमिटर भन्दा बढीको रेञ्ज दावी गर्ने निश्चित रहेको छ ।
कम्पनीले अन्य फिचरमा कति परिवर्तन गर्छ भन्ने विषयमा कुनै जानकारी बाहिर आएको छैन । यसलाई कम्पनीले २०२२ को पहिलो क्वाटरमा नै बजारमा ल्याउने अनुमान गर्न सकिन्छ ।


