काठमाडाैं, ६ श्रावण । रेनो नेपालको लागि आधिकारिक बितरक एड्भान्स अटो मोवाइल्स् प्रालिले आफ्नो उपभोक्ताको सुबिधाको लागि ‘रेनो सर्भिस क्याम्प’ अाज देखि संचालनमा ल्याएको छ । यो सर्भिस क्याम्प श्रावन ८ गतेसम्म नेपालका बिभिन्न शहरहरुमा आयोजना हुने छ । जसमा उपभोक्ताले आफ्नो रेनो गाडीको उत्कृष्ट सर्भिस सेवा पाउने छन् ।
रेनोले यो सर्भिस क्याम्पको थिम ‘गिभ योर कार दी बेस्ट केयर’ राखेको छ । जसले ग्राहकलाई पूर्ण सन्तुष्ट हुनेगरी सेवा र सुबिधा दिने छ । यसबाट बिक्रीपछिको सेवामा रेनोको उपस्थिति बलियो हुने कम्पनीले विश्वास लिएको छं ।
यो सर्भिस क्याम्प नेपालका मुख्य शहरहरुमा संचालन हुने छ । जसमा शाहारा अटोमोवाईल्स एण्ड कम्पनी प्राली बिर्तामोड झापामा श्रावण ६ गते देखि ८ गतेसम्म, महाबिर अटोमोवाइल्स बिराटनगरमा श्रावण ६ गते देखि ८ गतेसम्म, युनाइटेड अटो कन्र्सन नारायणगढमा श्रावण ६ गते देखि ८ गतेसम्म, जुपिटर ह्वल्स बुटबलमा श्रावण ६ गते देखि ८ गतेसम्म, भैरहवा अटो कम्पनी भैरहवामा श्रावन ६ गते देखि ८ गतेसम्म र जोन्छेन ट्रेर्डस पोखरामा श्रावण ६ गते देखि ८ गतेसम्म आयोजना हुदैछ ।
यो सर्भिस क्याम्पमा सहभागि हुने ग्राहकले बिभिन्न छुटका सुविधाहरु पनि पाउने छन् । जसमा निःशुल्क लेबर चार्ज, १५ प्रतिशत लुब्रिकेन्टमा छुट, एसीमा २०० जिएम रिफिलिङ निशुल्क, स्पेयर पार्टसमा १० प्रतिशत छुट, भेइकल चेकअप, धुलाई र कोलेन निशुल्क गर्ने कम्पनीले जनाएको छ ।

