एक्टिभा ५ जि तथा एक्टिभा १२५ अपडेटेड मोडेल सार्वजनिक गरेसंगै होन्डाले एक्टिभाको तेस्रो भ्यारियन्ट अपडेटेड एक्टिभा आई सार्वजनिक गरेको छ । कम्पनीले एक्टिभा आईको अपडेटेड भर्सन एक्सको मुल्य ५० हजार भारतीय रुपैयाँ मुल्य निर्धारण गरेको छ ।
होन्डाले एक्टिभा आई स्कुटरको ग्राफिक्स मेटल मफलर प्रोटेक्टरबाट अपडेट गरेको थियो । यसमा नयाँ फ्रन्ट हुक तथा बडि कलर्स रियर रिभ्यु मिरर क्याम्प्स दिइएको छ । इन्स्टुमेन्ट क्लस्टरमा समेत ड्युल टोन ट्रीटमेन्टबाट अपडेटेड गरिएको छ ।
एक्टिभा आई स्कुटरको अपडेटेड अवतारमा फोर इन वान लक लगाइएको छ । यसको सिट इग्निसन स्विचबाट खोल्न मिल्छ । साथै, अन्डर सिट मोबाइल चार्जर जडान गरिएको छ । होन्डाले एक्टिभा आई स्कुटरको कलरलाई समेत अपडेट गरिएको छ । हाल, यो स्कुटर क्यान्डी ज्याजि ब्लु तथा म्याट एक्सि ग्रे मेटालिकमा समेत उपलब्ध छ । लश म्यानेन्ट मेटालिक, अर्किड पर्पल मेटालिक तथा इम्पेरियल रेड मेटालिक रंगमा बजारमा आएको छ ।
साथै, अपडेटेड भर्सन अन्तरगत ओरेन्ज र रातो रंग दिईएको छ । २०१८ एक्टिभा आईमा १०९।१९ सिसि सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन दिइएको छ । यसले ७ हजार आरपिएममा ८ बिएचपी पावर उत्पादन गर्छ भने ५ हजार ५ सय आरपिएममा ८।९४ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिन म्याटिक ट्रान्समिसन युनिटबाट संचालीत छ । होन्डाको यो स्कुटर अधिकतम ८३ किलोमिटर प्रतिघन्टाको स्पिडमा दौडिने कम्पनीले दाबी गरेको छ ।

