खल्ती एपबाट यसरी तिर्नुहाेस् सवारी साधनको ब्लुबुक नवीकरण शुल्क

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले निजी सवारी साधनको डिजिटद वालेटको प्रयोग गरेर ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको छ ।

आफ्नो ब्लुबुकको शुल्क बिना कुनै झन्झट अनलाइन तिर्न मिल्ने गरि खल्तीले आफ्नो एप मार्फत यो सेवा प्रदान गर्न शुरु गरेको हो ।

अहिले बागमती प्रदेशका खल्ती प्रयोगकर्ताहरुले यस सेवाको लाभ उठाउन सक्ने भए तापनि आगामी दिनमा यो सुविधा देशभरि उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

प्रयोगकर्ताहरुले भुक्तानी गर्नु पुर्व सर्वप्रथम आफ्नो सवारीको सम्पूर्ण आवश्यक विवरणहरू अनलाइन भेहिकल रजिष्ट्रेसन सिस्टम (भीआरएस) मा दर्ता गर्नुपर्ने हुन्छ । यो कार्य नागरिक एप या यातायात व्यवस्थापन सूचना प्रणाली (टिएमआइएस) को वेबसाइट मार्फत गर्न सकिन्छ । एक पटक दर्ता प्रक्रिया पूरा भएपछि प्रयोगकर्ताहरूले खल्ती एप भित्र भएको गभरमेन्ट सर्विसेस मा रहेको ‘ब्लुबुक रिन्यु’ मा नवीकरणमा गएर आवश्यक विवरणहरू भरेर भुक्तानी गर्न सकिनेछ ।

कम्पनीले ग्राहकको सहजताका लागि स्याम्पल बिल पनि एपमा नै उपलब्ध गराइएको छ । भुक्तानी गर्न साथ आफूले नवीकरण गरेको ब्लुबुकको बिल तुरुन्तै प्जबतिष् मा प्राप्त हुनेछ भने ‘भिआरएस’ द्वारा उपलव्ध गराईने बिल प्रयोगकर्ताहरुले १० मिनेटमा खल्ती बाटै प्राप्त गर्नेछन् । खल्ती होमपेजको ट्रान्ज्याक्शन मा गइ दुबै बिल प्राप्त गर्न सकिन्छ । थप प्रक्रियाको लागि ग्राहकले ३० दिन भित्र सम्बन्धित सरकारी कार्यालयमा गई प्राप्त औपचारिक बिल पेश गर्न सक्नेछन् ।

 


Back_to_top