डिलर नेटवर्कमा देखियो रोयल इनफिल्डको स्क्रयाम ४११

काठमाडौं । रोयल इनफिल्डको नयाँ मोटरसाइकल भारतीय डिलर नेटर्वकमा पुगेको छ । कम्पनीले यसअघि धेरै पटक परिक्षण गरेको ‘रोयल इनफिल्ड स्क्रयाम ४११’ केही दिनमा नै सार्वजनिक हुने भएको हो ।

कम्पनीले सार्वजनिक गर्ने तयारी गरेको नयाँ मोटरसाइकल स्क्रयाम्वलर मोटरसाइकल हो । आफ्नो पुरानो मोटरसाइकल हिमालयनमा आधारित रहेर यसलाई निर्माण गरिएको छ ।
रोयल इनफिल्ड स्क्रयाम ४११ दुई कलर अप्सनमा देखिएको छ । यो मोटरसाइकल रातो कालो र सेतो कालो कलर ग्राफिकमा आकर्षक देखिएको छ ।

यसको मूल्य २ लाख भारतीय रुपैयाँभन्दा कम हुनेछ ।

स्क्रयाम ४११ को अगाडि १९ इन्चको स्पोक ह्वील दिइएको छ । त्यस्तै यसमा वाइडर रोड टायर रहेको छ । यसमा हिमालयनको तुलनामा ग्राउन्ड क्लियरेन्स भने कम भएको छ । हिमालयनमा २२० एमएम रहेको ग्राउन्ड क्लियरेन्स स्क्रयाममा २०० एमएम रहेको छ ।

त्यसैगरी यसमा हिमालयनमा भन्दा फरक सिंगल पड सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर प्रयोग गरिएको छ । जसमा ट्रिपर नेभिगेशन ग्राहकले एशोसरिजका रुपमा खरिद गरेर प्रयोग गर्न सक्नेछन् । यसको ब्रेकिङ सेटअप हिमालयनको जस्तै अगाडि ३०० एमएम र पछाडि २४० एमएमको डिस्क रहेको छ । यसमा डबल च्यानल एबीएस उपलब्ध हुनेछ ।

स्क्रयाम ४११ सीसी एयररआयल कुल्ड इन्जिनमा आउने छ भने ५ स्पीड गियरबक्स रहनेछ । यो इन्जिनमा कम्पनीले केही परिमार्जन गरेको अनुमान गरिएको छ । यसको एड्भेन्चर मोडलमा रहेको इन्जिनले २४.३ पीएस पावर तथा ३२ एनएम टर्क जेनरेट गर्छ ।

यसलाई रोयल इन्फिल्डले केही हप्ता भित्रै भारतीय बजारमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । कम्पनीले मोटरसाइकलसँगै यसको एशोसरिजसमेत सार्वजनिक गर्नेछ । यो मोटरसाइकलको प्रतिस्पर्धा येज्दी स्क्रयाम्वलर र सिबी ३५० आरएससँग हुनेछ ।


Back_to_top