हुन्डाईले अर्को साताबाट मूल्य बढाउने, यस्तो छ बढ्ने मूल्य

काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मार्च १ बाट आफ्ना अधिकांश मोडलको मूल्य वृद्धि गर्ने भएको छ ।

कम्पनीले आगामी हप्ताबाट मूल्य वृद्धि गर्ने भएकोले तत्काल गाडी किन्ने योजना बनाइरहेका ग्राहकलाई बुकिङ गर्ने अवसर प्रदान गरेको जनाएको छ । फेब्रुअरी २८ तारिखसम्म गाडी बुकिङ गर्ने ग्राहकलाई पुरानै मूल्यमा दिने कम्पनीले घोषणा गरेको हो ।

‘हामीले मूल्य बढाउनै पर्ने अवस्था आएसँगै ग्राहकलाई अग्रिम जानकारी दिएरै मूल्य बढाउने तयारी गरेका हौं । सम्भवत ३० हजारदेखि १ लाखसम्मले मोडल अनुसार मूल्य बढ्छ होला’, कम्पनी स्रोतले भन्यो ।

अहिले गाडी बुकिङ गर्ने ग्राहकले पुरानै मूल्यमा २०२२ मोडलका कार पाउने छन् । यसले ग्राहकलाई फाइदा नै पुग्ने कम्पनीको भनाई छ ।

अहिले हुन्डाईले नेपाली बजारमा २५ लाख ५६ हजारदेखि २ करोड ३५ लाख ९६ हजारसम्मका विभिन्न मोडलहरु विक्री गर्दै आएको छ । हुन्डाईले सेन्ट्रो, आई १० नियोस, आई २० इलाइट, भर्ना, भेन्यू, अउरा, क्रेटा, टुसान, सान्ता फे, प्यालिसेड जस्ता कम्बस्चन इन्जिन भएका गाडी विक्री गर्दै आएको छ ।

साथै, विद्युतीय कारमा पनि तीन मोडल विक्री गर्दै आएको छ । जसमा आयोनीक सेडान, कोना र आयोनीक ५ क्रसओभर एसयूभी जस्ता मोडल रहेका छन् ।


Back_to_top