‘एमजी फोर’ इलेक्ट्रीक ह्याचव्याकको तस्बिर सार्वजनिक

काठमाडौं । मोरिस ग्यारेज (एमजी)ले आफ्नो पहिलो इलेक्ट्रीक ह्याचव्याक कार एमजी फोरको पहिलो अफिसियल तस्बिर सार्वजनिक गरेको छ । टल ह्याचव्याक डिजाइनमा देखिएको एमजी फोर निकै आकर्षक हुने अनुमान गर्न सकिन्छ ।

यसको हेडलाइट र पोइटेड नोजको डिजाइन कुप्रा ब्राण्डको ‘वर्न’ जस्तो देखिएको छ । साइडवाट हेर्दा यो कार टिपिकल ह्याचव्याक देखिएता पनि टल सस्पेन्सन र विण्डो लाइन भने फरक देखिएको छ ।

तस्वीरमा देखिए अनुसार यो कारको सबैभन्दा आकर्षक पक्ष पछाडिको लाइट क्लष्टर रहने देखिन्छ । यो एकै पिसमा भएता पनि दुवै साइडको वारपार पुगेको छ जसलाई वीचमा एमजीको लोगोले मात्र छुट्याएको छ । एमजी फोरको रुफरेल पनि कियाको इभी सिक्स जस्तै रहेको देखिन्छ ।

यो कारको लम्बाई करिब ४.३ मिटर हुने अनुमान गरिएको छ । कम्पनीले कारमा प्रयोग हुने व्याट्री प्याक र मोटरको बारेमा कुनै जानकारी दिएको छैन । यो कारलाई कम्पनीले सेप्टेम्बर महिनामा बजारमा ल्याउने तयारी गरेको अनुमान गरिएको छ ।


Back_to_top