होन्डाले आफ्नो एभिएटर मोडलकाे स्कुटरलाइ अपग्रेड गरेर बजारमा सार्वजनिक गरेको छ । परिमार्जन भएर आएको होन्डा एभिएटरमा कम्पनीले एलइडी हेडल्याम्प दिएको छ । साथै पोजिसन लाइटपनि एलइडी दिएको कम्पनीले फ्रन्ट र रियर हुक, मेटल मफलर जस्ता फिचर थप गरेर ल्याएको छ ।
फोर इन वान लक अर्को विशेष फिचर हो । अब एभिएटरमा डिक्की खोल्न साँचो झिकेर पुनः राख्नुपर्ने छैन ।
नयाँ अन्य थप बिषयमा होन्डाले एभिएटरलाई थप नयाँ कलरमा ल्याएको छ । पर्ल स्पाटन रेड अन्तर्गत ३ थप कलर भेरिएन्टमा स्कुटर उपलब्ध हुने छ । जसमा पर्ल इग्नीस ब्ल्याक, पर्ल अमेजिङ ह्वाइट र मेटल सिलेनि सिल्भर मेटालीक रहेको छ ।
साथै अब होन्डा एभिएटर तीन फरक भेरिएन्टमा उपलब्ध हुनेछ । जसमा स्टाडर्ड, एलोइ ड्रम र एलोइ डिस्क रहेको छ ।
यसको सार्वजनिक सँगै होन्डाले आफ्नो ११० सीसी स्कुटर सेग्मेन्टमा बलियो उपस्थिति रहने विस्वास लिएको छ । कम्पनीले यसमा १०९ सीसी क्षमताको सिंगल सिलिन्डर इन्जिन दिएको छ । जसले ८ बीएचपी पावर र ८.९४ एनएम टर्क उत्पादन गर्छ । यसको टप स्पीड भने ८२ किलोमिटर प्रतिघन्टा रहेको छ ।
कम्पनीले यसको एक्स शोरुम मूल्य ५५ हजार १७५ भारु तोकेको छ ।

