अप्रिलमा नेपाल आउँदै किया कारेन्स, यस्तो हुन सक्छ मूल्य

काठमाडौं । कियाको पछिल्लो ७ सिट क्षमताको एसयूभी कारेन्स अप्रिलमा नेपाल आउने पक्का भएको छ । आधिकारीक वितरक कन्टिनेन्टल ट्रेडिङले कारेन्स ल्याउने भएको हो ।

भारतमा ५० हजार यूनिटभन्दा बढी बुकिङ रहेको कारेन्स नेपालमा पनि राम्रो सोधखोज हुँदै आएको विक्रेता कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न चार भेरियन्ट नेपाल ल्याउने तयारी गरेको छ । भारतीय बजारमा सबैभन्दा कम मूल्यमा सार्वजनिक भएको प्रिमियम भेरियन्ट भने तत्काल नेपाल आउने छैन ।

प्रेस्टिज, प्रेस्टिज प्लस, लग्जरी र लग्जरी प्लस भेरियन्ट नेपाल आउने छ । कन्टिनेन्टल ट्रेडिङले कारेन्सको सुरुवाती मूल्य ५० लाख हाराहारी निर्धारण गर्ने अनुमान गर्न सकिन्छ ।

किया ‘कारेन्स’ बाहिरबाट हेर्दा निकै आकर्षक देखिन्छ । कारेन्समा भर्टिकल स्प्लीट एलइडी हेडल्याम्प, स्लीक टाइगर नोज फ्रन्ट ग्रिल र एलइडी फगल्याम्प सहितको बम्पर दिएको छ ।

कियाले यसलाई सुरक्षाको हिसावले अब्बल बनाउन फ्रन्ट बम्परमा समेत सेन्सर दिएको छ । नयाँ डिजाइनको अलोय ह्वील, पछाडि र्यापअराउण्ड एलइडी टेललाइट, स्पोर्टी रुफ स्पोइलर र क्रोम फिनिसिङ सहितको पछाडिको बम्परले क्रेन्सलाई उत्कृष्ट बनाएको छ ।

कारेन्स बाहिरबाट सुन्दरसँगै भित्री डिजाइन आकर्षक र आरामदायी छ । फ्ल्याट डिजाइनमा तयार गरिएको ड्यासबोर्ड र बीचमा दिइएको १०.२५ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम र त्यसको ठिक्क मुनी रहेको टच सेन्सेटीच एचभीएसी कन्ट्रोलले यसलाई बजारमा उपलब्ध अन्य कारभन्दा माथि देखाएको छ । यसमा १२.५ इन्चको एलसिडी इन्ट्रुमेन्ट क्लस्टर, फ्ल्याटबटम स्टेरिङ ह्वील, इलेक्ट्रीक सिट, एम्बीयन्ट लाइट, इलेक्ट्रीक सनरुफ, ६ वटा एयरव्याग जस्ता फिचर दिइएको छ । कम्पनीले यसलाई ६ र ७ सिट क्षमतामा उपलब्ध गराउने छ ।

किया ‘कारेन्स’ कुन कुन इन्जिन अप्सनमा नेपाल आउने छ भन्ने कम्पनीले जानकारी दिएको छैन । तर, १.५ लिटर पेट्रोल र डिजेल इन्जिन नै आउने सम्भावना धेरै छ । यसमा १.४ लिटर टर्बो पेट्रोल इन्जिन पनि रहेको छ ।


Back_to_top