काठमाडौं । सुजुकी बर्गम्यानको इलेक्ट्रीक भर्सन भारतीय सडकमा परिक्षणको क्रममा देखिएको छ सुजुकीले गतवर्ष नै तयार पारेको वर्गम्यान इलेक्ट्रीक परिक्षणको क्रममा देखिएको हो ।
अहिले दुई पाङ्ग्रे सवारी साधन उत्पादक कम्पनीहरु इलेक्ट्रीक उत्पादन बजारमा ल्याउन जुटेका छन् । भारतीय दुई ठूला उत्पादक बजाज र टीभीएसले अघिल्लो वर्ष इलेक्ट्रीक स्कुटर बजारमा आक्रमक विस्तार थालेपछि अन्य कम्पनीहरु इलेक्ट्रीक दुईपाग्रे ल्याउने तयारीमा छन् ।
केही समय अगाडि बर्गम्यान इलेक्ट्रीक स्कुटरलाई दिल्ली एनसीआरको सडकहरुमा परिक्षणको क्रममा देखिएको थियो । तस्वीरमा देखिए अनुसार यो इलेक्ट्रीक स्कुटर नीलो र सेतो रंगको दुई कलर अप्सनमा रहेको छ । स्कुटरको अगाडि भागमा टेलिस्कोपिक फर्क र पछाडि स्वीङआर्म सस्पेन्सन दिइएको छ । यसमा प्रयोग भएको अलोय ह्वील भने रेगुलर आईसी इन्जिनको जस्तै रहेको छ ।
यस स्कुटरमा अगाडि र पछाडि दुवै तर्फ एलइडी हेडल्याम्प तथा एलइडी टेलल्याम्प रहेको छ । यसमा व्लुटुथ कनेक्टीभीटी सहितको फुल्ली डिजिटल इन्ट्रुमेन्ट क्लष्टर रहेने अनुमान गरिएको छ ।
यसको पावरट्रेनको डिटेल सार्वजनिक नभएता पनि यस स्कुटरमा ३ देखि ४ किलोवाट आवरको व्याट्री प्याक तथा ५ देखि ६ किलोवाटको इलेक्ट्रीक मोटर प्रयोग भएको आँकलन गरिएको छ ।

