२०० किलोमिटर रेन्ज भएको इलेक्ट्रीक एड्भेन्चर मोटरसाइकल नेपाल आउँदै

काठमाडौं । चिनियाँ मोटरसाइकल कम्पनीले इलेक्ट्रीक एड्भेन्चर मोटरसाइकल सार्वजनिक गरेको छ । चिनियाँ ब्राण्ड जोङसेन ग्रुप अन्तर्गतको सिनेको ब्राण्डले इलेक्ट्रीक एड्भेन्चर मोटरसाइकल विक्री सुरू गरेको हो ।

कम्पनीले जोङसेनको आरएक्स ३ मोडलमा आधारिक एड्भेन्चर मोटरसाइकलको विक्री सुरू गरेको हो । जोङसेन आरएक्स ३ एड्भेन्चर मोटरसाइकल नेपाली बजारमा विक्री भइरहेको छ ।

कम्पनीले दाबी गरे अनुसार यो मोटरसाइकल एक पटक फुल चार्ज गरेर २०० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । यो मोटरसाइकलमा १८।५ किलोवाटको क्षमतको मोटर रहेको छ । यसले ४१५ एनएम टर्क जेनेरेट गर्छ । सिनेको आरएक्स १ मा ९६ भोल्ट ६४ एम्पीयरको लिथिएम आयन ब्याट्री प्याक रहेको छ । यसलाई फुलचार्ज गर्न ४ देखि ५ घण्टा लाग्छ । यो मोटरसाइकलको टप स्पीड १३० किलोमिटर प्रतिघण्टा रहेको छ ।

यो मोटरसाइकलको फ्रन्टमा यूएसडी रियरमा मोनोसक सस्पेन्सन दिइएको छ । त्यस्तै यसमा दुवैतर्फ ट्युबलेस अलोय ह्वीलका साथै डिस्कब्रेक उपलब्ध छ । यो मोटरसाइकलमा डबल च्यानल एबीएस पाउन सकिन्छ । यो मोटरसाइकलमा सबै प्रकारका लाइट इन्डिकेटरहरू एलइडी रहेका छन् ।

नेपाल ल्याउने तयारी

चिनियाँ ब्राण्ड जोनसेनका मोटरसाइकल नेपालमा उपलब्ध गराउँदै आएको रिजोन मोटर्सले सिनेको इलेक्ट्रीक एड्भेन्चर मोटरसाइकल नेपाल ल्याउने तयारी गरिहेको जनाएको छ । कम्पनीका अनुसार यो मोटरसाइकल आगामी दशैंसम्म नेपाल भित्र्याउने तयारी भइरहेको छ ।


Back_to_top