टेस्लाले बढायो विद्युतीय कारको मूल्य, एक वर्षमा नै बढ्यो १५ हजार डलर

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिजस्तै अन्तर्राष्ट्रिय बजारमा लिथियम आयोनको मूल्य बढ्दा विद्युतीय कारको मूल्य तिब्र गतिमा वृद्धि भएको छ ।

विश्व बजारमा लिथियम आयोनको मूल्य बढेसँगै अमेरिकी लग्जरी इलेक्ट्रीक ब्राण्ड टेस्लाले आफ्नो कारको मूल्य वृद्धि गरेको हो । टेस्लाले आफ्नो सर्वाधिक विक्री हुने मोडल वाई ‘अल ह्वील ड्राइभ लङ रेन्ज’को मूल्य ४ हजार डलरले बढाएको छ ।

सन् २०२० को डिसेम्बरमा ४८ हजार ४५० डलर रहेको मोडल वाईको मूल्य अहिले ६२ हजार ९९० पुगेको हो । करिब पन्ध्र महिनामा टेस्ला मोडल वाइको मूल्य १४ हजार ५ सय डलरले बढेको छ । यो भनेको करिब ३० प्रतिशतले मूल्य बढेको हो ।

त्यस्तै टेस्लाको मोडल ३ लङ रेन्जको मूल्य ५४ हजार ४९० डलर पुगेको छ । यो मोडलको मूल्य पनि सन् २०२० को डिसेम्बरमा ४५ हजार ४९० रहेको थियो । यसको मूल्य ९ हजार डलरले बढ्यो । यसमा करिब २० प्रतिशत मूल्य वृद्धि भयो ।

कम्पनीको सबभन्दा कम मूल्यको रहेको मोडल ३ रियर ह्वील डाइभ अप्सनको मूल्य पनि व्यापक वृद्धि भएको छ । नयाँ भर्सनमा एलपीएफ व्याट्रीको प्रयोग गरेकोले पनि यसको मूल्य बढेको हो । सन् २०२१ को अन्त्यमा ३६ हजार ४९० डलर रहेको यो मोडल अहिले ४६ हजार ९९० डलर पुगेको छ । मूल्य कायम भएको छ । यो मोडलमा पनि १० हजार ५ सय डलरले मूल्य बढेको हो । यो वृद्धि २९ प्रतिशत हाराहारी हो ।


Back_to_top