काठमाडौं । जगदम्बा मोटर्सले टीभीएसको मोटरसाइकल तथा स्कुटरमा नयाँ वर्ष स्कीम सुरु गरेको छ । कम्पनीले नयाँ वर्षलाई केन्द्रमा राखेर ल्याएको स्कीममा ‘आयो, पायो, पर्यो र सोर्यो’गरी चार किसिमबाट जित्न सकिने योजना ल्याएको हो ।
कम्पनीले सुरु गरेको स्कीममा आयो ट्याग्लाइनमा कम्पनीको सोशल मिडिया पेजमा सहभागी भएर ५० हजारसम्म नगद जित्न सकिने कम्पनीले जनाएको छ । यो स्कीममा मोटरसाइकल किन्ने वा नकिन्ने दुबै सहभागी हुन पाउने छन् ।
त्यसैगरी पायोमा ग्राहकले मोटरसाइकल नकिन्दै टीभीएस नेपालको वेभसाइट मार्फत न्यू इयर स्कीममा नाम दर्ता गरेर ५० हजारसम्म जित्न सक्नेछन् ।
साथै, मोटरसाइकल किन्ने ग्राहकले पर्यो योजनामा स्क्र्याचकार्ड मार्फत १ लाखसम्म नगद जित्न सक्नेछन् । सोर्यो योजनामा मोटरसाइकल किनेका वा नकिनेका दुबै ग्राहकलाई समावेस गरिने छ । टीभीएस नेपालको सोसल मिडियामा सहभागीता जनाएको आधारमा ३ जना भाग्यमानीले अपाचे आरआर ३१० जित्न सक्नेछन् ।
जगदम्बा मोटर्सले महंगीलाई वाई वाई भन्दै मासिक ५ लाख ९९९ रुपैयाँ किस्तामा एक्स्चेन्ज गर्नेहरुलाई मोटरसाइकल उपलब्ध गराउने जनाएको छ ।


