काठमाडौं । यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले नयाँ वर्षको अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘मल्टिप्लाई योर ह्यापीनेस’ नामक योजना सार्वजनिक गरेको हो ।
नयाँ वर्ष २०७९ सालको अवसर पारेर सार्वजनिक गरिएको यो योजनामा ग्राहकले २०७९ लाई १ हजार गुणासम्म रकम जित्न सक्नेछन् ।
कम्पनीले ल्याएको यो योजनामा ग्राहकले यामाहा कुनै पनि सवारी साधन खरिद गर्दा स्योरसट ८ हजार ३१६ (२०७९×४) देखि २ लाख ७ हजार ९०० (२०७९×१००) रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन् ।
त्यस्तै बम्पर पुरस्कारमा एकजना भाग्यशाली ग्राहकले २० लाख ७९ हजार रुपैयाँ (२०७९×१०००) जित्न सक्नेछन् ।
कम्पनीले यो योजना अन्तर्गत शून्य प्रतिशत व्याज, लो डाउनपेमेन्ट जस्ता फाइनान्स सविधासमेत उपलब्ध गराउने जनाएको छ ।
यामाहाले नेपाली बजारमा एफजेड सिरिज, सलुटो, आर १५, एमटी, आर ३, रेजेडआर, फसिनो लगायतका मोटरसाइकल तथा स्कुटर विक्री गर्दै आएको छ ।


