काठमाडौं । चर्चित भारतीय अटो उत्पादक कम्पनी बजाजले उत्पादन सुरु गरेको सस्तो मूल्यको ‘क्युट’लाई अब इलेक्ट्रीकमा उत्पादन सुरु गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।
बजाज अटोका एमडी राजीव बजाज अनुसार कम्पनीले २०२० सम्ममा दुई पाङ्ग्रे, तीन पाँङ्ग्रे र ४ पाङ्ग्रे सवारीसाधनलाई इलेक्ट्रीकमा उत्पादन सुगर्ने कम्पनीको योजना सार्वजनिक गरेका छन् ।
मोटरसाइकल र अटो रिक्सा उत्पादनमा निकै चर्चा कमाएको बजाजको कार सेग्मेन्टमा क्युटमार्फत आफुलाई उपस्थिति गराउको कम्पनीले यसको मूल्यसमेत निकै सस्तो राखेको छ । कम्पनीले यसलाई भारतीय बजारमा १ लाख २० हजार भारतीय रुपैयाँमा बिक्री सुरु गर्दैछ ।
उक्त कार इलेक्ट्रीकमा उत्पादन पछि कस्तो परर्फरमेन्स हुनेछ भन्ने विषयमा कम्पनीले आधिकारी जानकारी भने दिएको छैन । तर पेट्रोल भर्सनले भने ३६ किलोमिटर माइलेज दिने र अहिलेसम्म बनेका कारहरु मध्ये सबैभन्दा कम प्रदुषण गर्ने कम्पनीको दाबी रहेको छ ।
कस्तो छ अहिलेको बजाज क्युट कार
बजाज ‘क्युट’ कारको लम्बाई २७५२ मिलिमिटर, चौडाई १३१२ मिलिमिटर, उचाईं १६५२ मिलिमिटर र ह्विलबेस १९२४ मिलिमिटर रहेको छ ।
विभिन्न ६ रङमा उपलब्ध यो कारमा एसी, पावर स्टेयरिङ, वाइपर विन्डो, विद्युतीय मिटर र अडियो सिस्टम जस्ता विशेषता पनि छ ।
सानो क्षमताको इन्जिन भए पनि कारका रुपमा विकसित गरिएकाले यसलाई सुरक्षित मानिएको छ । यो कारमा २१६.६ सिसिको इन्जन जडान गरिएको छ, जुन बजाज २२० पलसरको भन्दापनि कम हो । अन्य कारको तुलनामा यो कार निकै हलुको रहेको छ । यसको कुल तौल ४५० केजी रहेको छ ।
डिजिटल ट्राइस्पार्क फोर भल्व इन्जिन राखिएको कारमा ०.२ लिटरको वाटरकुल्ड इन्जिन छ भने, ५ वटा गियरबक्स रहेको छ । कारको अधिकतम स्पिड क्षमता ७० किलोमिटर प्रतिघण्टा रहेको छ ।
यसअघि भारतीय अटोमोबाइल कम्पनी टाटाले सन् २००९ मा विश्वकै सबैभन्दा सस्तो कार भनेर नानो कार ल्याएको थियो ।


