काठमाडौं । ग्रेटवाल मोटर्स अन्तर्गतको हाभल ब्राण्डले उत्पादन गरेको एच सिक्स मोडलले आसियन एनक्यापले गरेको क्र्यास टेष्टमा ५ सटर रेटिङ पाएको हो ।
हाभल एच सिक्सले एडल्ट अकुप्यान्ट प्रोटेक्सनमा ९० प्रतिशत र चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा ८८ प्रतिशत अंक पाएको थियो । साथै, सडकमा हिड्को सुरक्षामा ७३ प्रतिशत र सेफ्टी असिस्टमा ८१ प्रतिशत आंक पाएको थियो ।
नेपालमा पनि भिजी इम्पेक्सले हाभल एच सिक्स मोडल विक्री गर्दै आएको छ । चिनियाँ ब्राण्ड हाभलका उत्पादन अहिले विश्वका ६० भन्दा धेरै देशमा विक्री वितरण हुँदै आएका छन् ।


