काठमाडौं । टीभीएस आरटीआर १६० फोर भीको बीएस ६ भर्सन नेपालमा विक्री सुरु भएको छ । टीभीएसले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको एक्सचेन्ज मोलाबाट यो मोटरसाइकल बिक्री सुरु भएको हो ।
टीभीएस मोटरसाइकलको नेपालमा लागि आधिकारि विक्रेता कम्पनी जगदम्वा मोटर्सले आरटीआर १६० फोर भीको टप भेरीयन्टको बीएस ६ भर्सन नेपाल भित्र्याएको हो । कम्पनीले एबीएस, डबल डिस्क, स्मार्ट कनेन्ट फिचरसहितको १६० फोर भी विक्री सुरु गरेको हो । यो मोटरसाइकल दुई कलर अप्सनमा उपलब्ध छ ।
यो मोटरसाइकलको मूल्य ३ लाख ८० हजार रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको हो ।
आरटीआर १६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ, उक्त इन्जिनले १७.४ पीएस पावर ८००० आरपीएममा र १४.७ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ ।

यसमा पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ, जसले पावरफुल राइडिङको अनुभव प्रदान गर्नेछ । आफ्नो रेसिंग विरासतलाई कायम राख्नको लागि टीभीएस अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’मा टप स्पीड ११३ किलोमिटर प्रति घण्टा रहेको छ । जसले आश्चर्यजनक रुपमा ०.६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पुरा गर्छ ।


