औलाले नथिचि चलाउन मिल्ने ‘नयाँ इन्फोटेन्टमेन्ट सिस्टम’

काठमाडौं । कारमा टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम अब लग्जरी तथा महंगा कारमा मात्र हुने फिचर रहेन । साना बजेट कारमा समेत टचस्कृन स्ट्याण्डर्ड फिचरको रुपमा आउन थालेका छन् । ड्यासबोर्डको वीचमा हुने यस्ता टचस्कृन इन्फोटेन्मेन्ट सिस्टमबाट कारका धेरै फङ्सनहरु फिङ्गर टचका माध्यमबाट कन्ट्रोल गर्नु पपर्छ ।

कार वा बाटोको इन्फर्मेसनका साथै इन्टरटेन्मेन्ट लिने म्यूजिक वा भिडियो चलाउन मिल्ने भएकाले यस्ता स्कृनलाई छोटकरीमा इन्फोटेन्मेन्ट सिस्टम भनिएको हो । यस्ता इन्फोटेन्मेन्ट स्कृनले कारको इन्टेरियरलाई मोर्डन देखाउछ । तर, यो सिस्टमले चालकलाई डिस्ट्रयाक गरेका धेरै घटना बाहिर आउने गरेका छन् । जसका कारण ठूला ठूला दुर्घटना समेत भएका छन् ।

यस्ता घटनालाई मध्यनजर गरेर वेलायतको ज्यागुअर ल्याण्डरोभरको ह्युम्यान मेसिन इन्टरफेस रिसर्च ग्रुप र युनिभर्सिटी अफ क्याम्ब्रीजले नयाँ सिस्टमको इनफोटेन्टमेन्ट सिस्टमको सफल परिक्षण गरेका छन् । उनीहरुले यसलार्ई प्रिडेक्टीभ टचस्कृन भनेका छन् । यो स्कृनमा मानिसको औलाले नछोइकन युजरको औलाले थिच्न चाहेको बटम थिचिने छ ।

यसमा एक्कुरेट टच नगरिकन काम गर्न सकिन्छ । जसको सहायताले स्कृनमा ध्यान दिएर आइकन टच गर्नु पर्दैन । त्यही कारण चालकलाई बाटोमै फोकस हुन सघाउँछ ।

यसमा रहेको इन्टेलीजेन्ट सिस्टमले चालकको हातको मुभमेन्टलाई टाइम अफ फ्लाइट (टीओएफ) क्यामराले ट्रयाक गरेर सम्बन्धीत आइकन थिचिदिन्छ । टीओएम क्यामराले इन्फ्रारेड लाइट स्पेक्ट्रमको माध्यमबाट हातको मुभमेन्टको थ्रीडी म्यापीङ गर्छ । क्यामराले भिजन बेस्ड सिस्टमको सहायताले अब्जेक्ट (हात) बाट रिफ्लेक्ट हुने लाइटले लिने टाइमको मापन गरेर राडारको जस्तो काम समेत गर्छ । यो तरिकाले टीओएफ क्यामराले मसिन लर्निङ प्रविधिको माध्यमबाट प्रिडेक्टिभ टचस्कृनले काम गर्छ ।

ज्यागुअर र क्याम्ब्रीजले २० जना चालकको प्रयोग गरेर विभिन्न ड्राइभिङ कन्डिसनमा यसको परिक्षण गरिरहेका छन् । परिक्षणमा प्रिडेक्टीभ डिस्प्लेले वर्क लोडलाई धेरै कम गरेको पाइएको छ । रिसर्च रिपोर्टका अनुसार यो नयाँ टचस्कृन टेक्नलोजीका सहायताले ५० प्रतिशतसम्म चालकको टचस्कृनको इन्टरयाक्सनलाई सहजता प्रदान गरेको छ । यो विल्कुलै नयाँ टेक्नलोजी विकासकै क्रममा रहेकोले सवारी साधनमा प्रयोग गर्न भने अझै समय लाग्ने जनाइएको छ ।


Back_to_top