बीएमडब्ल्यू ‘राइड टू लोमान्थाङ’ सम्पन्र

काठमाडौं । बीएमडब्ल्यूले आयोजना गरेको ‘राइड टु लोमान्थाङ’ सम्पन्न भएको छ । बीएमडब्ल्यू मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी बीएमडब्ल्यू मोटोराडले राइड टू लोमान्थाङ आयोजना गरेको हो ।

कम्पनीले आयोजना गरेको लोमान्थाङ राइड चैत २६ गते बीएमडब्ल्यूको शोरुमबाट सुरूआत भएर पोखरा, बाग्लुङ, बेनी, मुक्तिनाथ हुँदै लोमान्थाङ पुगेर वैशाख २ गते काठमाडौं फर्कीएर सम्पन्न भएको हो ।

यो कार्यक्रममा बीएमडब्ल्यू जी ३१० आर, जी ३१० जीएस, एफ ७०० जीएस र एफ ८०० जीएसका ११ जना राइडरका साथै अन्य ५ जना गरी १६जनाले यो अयोजनामा सहभागी भएका थिए ।

उक्त कार्यक्रममा कम्पनीले राइडिङ स्कील वृद्धिका लागि विभिन्न गेमहरू समेत आयोजना गरेको थियो । उक्त कार्यक्रममा स्लो रेसमा जी ३१० जीएसका राइडर शिरिष जिसी प्रथम भए भने एफ ८०० जीएस राइडर अनिल कुमार श्रेष्ठले दोस्रो स्थान हासिल गरे ।

त्यस्तै, स्कील रेस प्रतिस्पर्धामा जी ३१० आरका राइडर नवीन डंगोल प्रथम भए भने शिरिष जीसीले दोस्रो स्थान हासिल गरे । विजय राइडरहरूले विभिन्न पुरस्कार प्राप्त गरेको थिए ।

कम्पनीले आन्तरिक पयर्टन पवद्र्धनका साथै आफ्ना ग्राहकहरूसँगको सम्बन्ध अझै नजिक बनाउन यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको जनाएको छ ।


Back_to_top