काठमाडौं । होन्डा मोटरसाइकलको नेपालको आधिकारिक वितरक स्याकार ट्रेडिङले ३०० रुपैयाँ प्रति दिनका दरले किस्ता बुझाउँदा हर्नेट २.० खरिद गर्न सकिने स्कीम ल्याएको छ ।
यो स्कीम अन्तर्गत मोटरसाइकल खरिद गर्दा ग्राहकले ६० प्रतिशत डाउन पमेन्ट गर्नु पर्ने हुन्छ । ६० प्रतिशत डाउन पेमेन्ट गर्दा १ वर्ष वा दुई वर्षको किस्ता अबधि पाउने छन् । एक वर्षको अबधिमा किस्ता चुक्ता गर्दा १ प्रतिशत मात्र ब्याज लाग्छ भने २ वर्षे किस्तामा ७.५ प्रतिशत व्याज लाग्ने कम्पनीले जनाएको छ ।
होन्डा हर्नेट आधुनिक फिचर लोडेड मोटरसाइकल हो । यसमा १८४ सीसी सिंगल सिलिन्डर, एयर कुल्ड एफआई इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा अधिकतम १७.०३ पावर तथा १६.१० एनएम टर्क जेनेरेट गर्छ ।
यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ । यसमा १२ लिटर क्षमताको इन्धन ट्याङक रहेको छ भने यसले ४० किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले दावी गरेको छ ।
होन्डा हर्नेटलाई कम्पनीले नयाँ प्लेटफममा डिजाइन गरेको हो । यसमा डायमण्ड फ्रेमको प्रयोग गरिएको छ भने, यसको फ्रन्टमा गोल्डेन यूएसडी र रियरमा मोनोशक सस्पेन्सन दिइएको छ । १७ इन्चको अलोय ह्वील, दुबै ह्वीलमा डिस्क ब्रेक दिइएको छ । फ्रन्टमा २७६ एमएम र रियरमा २२० एमएमको डिस्क ब्रेकको साथै यसमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।
कम्पनीले यसमा अल न्यू डिजिटल कन्सोल दिएको छ । यसमा व्याट्री भल्ट मिटरसमेत रहेको छ । यस्तै डबल पेटल डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, गोल्डेन कलर अपसाइड डाउन फर्क, मोनोशक सस्पेन्सन, सिल्ड चेन, एलइडी हेडल्याम्प तथा टेलल्याम्प जस्ता फिचर नयाँ हर्नेट २.० मा पाउन सकिन्छ ।
होन्डा २.० गोल्डेन यूएसडी फर्क भएको सेग्मेन्टकै पहिलो मोटरसाइकल हो । यो सेग्मेन्टमा उपलब्ध मोटरसाइकल मध्ये सबैभन्दा वाइड टायर पनि यसमा पाउन सकिन्छ ।

