काठमाडौं । मेरोअटो मोटर र्याली २.० को फ्ल्याग अफ भएको छ । नाडा अध्यक्ष ध्रुव थापा र युवा उद्यमी सौरभ ज्यातिले संयुक्त रूपमा र्यालीको फ्ल्याग अफ गरेका हुन् ।
अटोमोटिभ्स मिडिया प्रालिले आयोजना गरेको यो मोटर र्याली मुख्यतया हाइवे ड्राइभिङ, आन्तरिक पर्यटन विकास, ड्राइभ टुरिजम र व्यवसायिक नेटवर्किङ विस्तारका लागि सहयोगी हुने कम्पनीले जनाएको छ ।
र्याली को उद्घाटन गर्दै युवा उद्यमी सौरभ ज्योतिले नेपालको ड्राइभ टुरिजम विस्तारमा यस्ता र्याली ले निकै ठूलो भूमिका खेल्ने धारणा राखेका थिए ।
‘यति धेरै मानिस र्याली मा सहभागि हुँदै हुनुहुन्छ । यसले हाम्रो आन्तरिक पर्यटनमा ठूलो फाइदा गर्छ । यो अवसर सृजनाको लागि म मेरोअटो टीमलाई बधाई दिन चाहन्छु’, ज्योतिले भने ।

नाडाका अध्यक्ष ध्रुव थापाले व्यवसायिक सम्बन्ध विस्तार र सुरक्षित ड्राइभिङको लागि पनि यो कार्यक्रम फलदायी हुने धारणा राखेका थिए ।
कार्यक्रममा मेरोअटोका सम्पादक सागर गजुरेलले नेपालको भौगोलिक विविधता र यहाँको सडकको अवस्था अनुसार भोलिको दिनमा पनि र्याली लाई परिस्कृत गर्दै लैजाने बताए ।
यस वर्षको मेरोअटो मोटर र्याली को मुख्य प्रायोजक प्रभु लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । भने इन एशोसिएशन विथ लक्ष्मी हुन्डाई र अग्नी इनकर्पोरेट प्रालि रहेका छन् ।
काठमाडौंको बत्तिसपुतलीबाट सिन्धुलीको मूलकोटसम्म आयोजना हुने यो र्याली मा ५० भन्दा धेरै कार र १२० जना सहभागी रहेका छन् ।
र्याली मा प्रयोजकको रूपमा रेनो, एमजी, सिप्रदी, जीप, इसुजु, भीडब्लू, प्रोटोन, आइएमइ जस्ता ब्राण्ड छन् भने बैंकिङ पाटनर सिटिजन्स बैंक, बेभरेज पाटनर आइसबर्ग, इन्स्योरेन्स पाटनर अजोड इन्स्योरेन्स, ल्यूब पाटनर नेपाल ल्यूब आयल र इन्टरनेट पाटनर डिसहोम फाइबर नेट रहेका छन् ।

