मेरोअटो ‘मोटर र्‍याली २’ सुरू, सिन्धुलीको मूलकोट पुग्ने

काठमाडौं । मेरोअटो मोटर र्‍याली २.० सुरु भएको छ । नाडा अध्यक्ष ध्रुव थापा र युवा उद्यमी सौरभ ज्यातिले संयुक्त रूपमा र्यालीको फ्ल्याग अफ गरेका हुन् ।

आज विहान ८ बजे काठमाडौंको बत्तिसपुतलीबाट सुरु भएको र्‍याली सिन्धुलीको मूलकोटसम्म पुग्नेछ । उक्त र्‍यालीमा ५० भन्दा धेरै कार र १२० जना सहभागी रहेका छन् ।

अटोमोटिभ्स मिडिया प्रालिले आयोजना गरेको यो मोटर र्‍याली  मुख्यतया हाइवे ड्राइभिङ, आन्तरिक पर्यटन विकास, ड्राइभ टुरिजम र व्यवसायिक नेटवर्किङ विस्तारका लागि सहयोगी हुने कम्पनीले जनाएको छ ।

यस वर्षको मेरोअटो मोटर र्‍याली को मुख्य प्रायोजक प्रभु लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ भने इन एशोसिएशन विथ लक्ष्मी हुन्डाई र अग्नी इनकर्पोरेट प्रालि रहेका छन् ।

र्‍याली मा प्रयोजकको रूपमा रेनो, एमजी, सिप्रदी, जीप, इसुजु, भीडब्लू, प्रोटोन, आइएमइ जस्ता ब्राण्ड छन् भने बैंकिङ पाटनर सिटिजन्स बैंक, बेभरेज पाटनर आइसबर्ग, इन्स्योरेन्स पाटनर अजोड इन्स्योरेन्स, ल्यूब पाटनर नेपाल ल्यूब आयल र इन्टरनेट पाटनर डिसहोम फाइबर नेट रहेका छन् ।


Back_to_top