क्रेटाको नयाँ ‘स्पेशल नाइट राइडर एडिसन’

काठमाडौं । कोरियन कार निर्माता कम्पनी हुन्डाईले क्रेटाको नयाँ भेरियन्ट सहित ‘स्पेशल नाइट राइडर एडिसन’ सार्वजनिक गरेको छ । भारतमा टाटा र जीपले आफ्ना कारको नाइट राइडर एडिसन यसअघि सार्वजनिक गरेका थिए ।

कम्पनीले पूर्णत कालो कलर थेममा तयार पारेको नयाँ क्रेटाको ग्रिलमा रातो कलर लाइनको प्रयोग गरेको छ । कालो कलरको स्कीड प्लेट, विङ मिरर, रुफरेल, साइड सिल र सि पिलर पनि कालो कलरमा सजिएको छ । साथै, ठाउँ ठाउँमा ‘नाइट राइडर एडिसन’को स्पेशल ब्याज प्रयोग गरिएको छ ।

बाहिरी आवरण जस्तै यसको भित्री डिजाइन कालो कलर थेममा नै तयार भएको छ । एसी भेन्टहरु रातो कलरमा दिइएको छ । सिट लगायतका स्थानमा पनि प्रसस्तै रातो कलर प्रदान गरेको छ ।

हुन्डाईले क्रेटाको नाइड राइडर एडिसन मार्फत एक नयाँ भेरियन्ट थप गरेको छ । यसअघि भेन्यूमा मात्रै रहेको एस प्लस भेरियन्ट क्रेटामा पनि उपलब्ध रहेको छ । नयाँ भेरियन्ट सहित चल्तीको एसएक्स (ओ) भेरियन्ट पनि नाइड राइडर एडिसनको रुपमा आएको हो ।

हुन्डाईले नाइट राइडर एडिसनलाई १.५ लिटर पेट्रोल र डिजेलगरी दुई इन्जिन अप्सनमा उपलब्ध गराएको छ । यी दुबै भेरियन्ट अटोमेटीक गियरबक्समा मात्रै उपलब्ध रहने छ ।

अहिले भारतमा विक्री सुरु भएको क्रेटाको नयाँ भेरियन्ट केही समयपछि नेपाल पनि आउन सक्ने छ । कम्पनीले ल्याएको नयाँ भेरियन्ट एस प्लसले नयाँ स्थान बनाउने देख्न सकिन्छ ।


Back_to_top