मासिक ७ हजार किस्तामा पल्सर, यस्तो छ नयाँ वर्षको ५ पन्च अफर

काठमाडौं । बजाजको आधिकारीक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले नयाँ वर्ष स्कीम मार्फत मोटरसाइकल उपलब्ध गराउँदै आएको छ । कम्पनीले विक्री गर्ने पल्सर सिरिज नेपालमा सबैभन्दा धेरै विक्री हुने मोटरसाइकल हो ।

बजाजको सर्वाधिक सफल मोडल पल्सर १५० क्लासिक मोडल अहिले पनि मासिक ७ हजार ४१५ रुपैयाँ किस्ता तिर्नेगरी ग्राहकले खरिद गर्न सक्ने छन् । कम्पनीले पल्सर १५० को मूल्य २ लाख ७६ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ ।

हुलास फिन कम्पनीले पल्सर १५० किन्दा ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई बाँकी रकम १८ किस्तामा तिर्नेगरी सून्य प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले ल्याएको ‘बजाजको ५ पन्च’ स्कीममा विज्ञापन सेयर गरेर १ हजार, शोरुममा बाइक हेरेपछि एसएमएस मार्फत ५० हजारसम्म, किन्ने बेलामा पाइने यूनिक कोड मार्फत १ लाखसम्म, किनेपछि अरुलाई रिफर गरेर ३ वटा निःशुल्क सर्भिस कुपन र लक्ड्री ड्रमा १० लाख रुपैयाँसम्म जित्ने अवसर प्रदान गरेको छ ।

समग्रमा अहिलेको चालु स्कीममा मोटरसाइकल किन्ने ग्राहकले न्यूनतम १० हजारसम्मको छुट पाउने छन् ।

बजाजको सफल मोडल पल्सर १५० मा १४९ सीसी क्षमताको टुइन स्पार्क डिएसटी–आई इन्जिन उपलब्ध छ । उक्त इन्जिनले अधिकतम १४ पीएस पावर र १३.४ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड क्षमताको गियरबक्स दिइएको छ ।

यात्रा सहजताको लागि पल्सर १५० को अगाडि एन्टी फिक्सन बुस सहितको टेलिस्कोपीक र पछाडि ट्रीपल रेटेड स्प्रीङ सहितको निट्रोक्स शक एब्जर्बर पाउन सकिन्छ ।

अगाडि चक्कामा २४० एमएमको डिस्क र पछाडि १३० एमएमको ड्रम ब्रेक सेटअप दिइएको पल्सर १५०मा १७ इन्चको ह्वील, १३२० एमएको ह्वीलवेस रहेको छ ।


Back_to_top