‘प्लगइन हाइब्रिड’ कारको आयात न्यून

काठमाडौं । विश्वभर प्लगइन हाइब्रिड कारको माग राम्रो रहेपनि नेपालमा भने ग्राहकले खासै चासो देखाएको पाइदैन । विशेषत सहरी क्षेत्रमा निकै सफल र उपयोगी मानिने प्लगइन हाइब्रिड कार नेपालमा निकै कम संख्यामा आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांक अनुसार ५६ यूनिट प्लगइन हाइब्रिड कार आयात भएको छ । आयात भएको मध्ये ५३ यूनिट जापानबाट र ३ यूनिट थाइल्याण्डबाट आयात भएको हो ।

२३ करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको ५६ यूनिट हाइब्रिड कार आयात भएको थियो । उक्त आयातमा ४२ करोड ४७ लाख ३२ हजार रुपैयाँ बराबरको भन्सार विन्दुमा राजस्व संकलन भएको छ ।

अहिले नेपालमा बीएमडब्लू र मित्सुविसीले प्लगइन हाइब्रिड कार विक्री गर्दै आएका छन् । निकै महंगा मोडलमा मात्रै प्लगइन हाइब्रिड कार उपलब्ध रहेको कारण यसको विक्री सोचे जस्तो विक्री हुन सकेको छैन ।


Back_to_top