७ लाख डाउन पेमेन्टमा क्रसओभर कार

काठमाडौं । फोर्डले आफ्नो क्रसओभर मोडल फ्रिस्टाइल ७ लाख डाउन पेमेन्टमा दिने स्कीम संचालनमा ल्याएको हो । कम्पनीले ल्याएको स्कीममा ग्राहकले २० प्रतिशत रकम डाउन पेमेन्ट गरे पुग्छ ।

बजारमा तरलता अभाव भएको कारण बैंक तथा वित्तिय संस्थाले कर्जा उपलब्ध गराउन नमानेको समयमा फोर्डले आन्तरिक तवरबाट कर्जा सुविधा उपलब्ध गराएको छ ।

कम्पनीले दिएको स्कीममा गाडी किन्ने ग्राहकले एक्सचेन्ज सुविधा, तत्कालै कर्जा सुविधा उपलब्ध हुने उल्लेख गरेको छ । कम्पनीले यसरी दिने कर्जाको अवधि भने ५ वर्षको लागि मात्र हुनेछ ।

कम्पनीले फ्रिस्टाइलमा नगद छुट पनि दिने उल्लेख गरेको भएपनि कति रकम छुट पाउन सकिन्छ भन्ने विषयमा भने केही जनाएको छैन ।

कम्पनीको अफर अनुसार गाडी किन्ने ग्राहकले १५ प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउने छन् । उक्त कर्जा ५ वर्षसम्म मासिक करिब ६५ हजारको दरले किस्ता बुझाउनु पर्ने हुन्छ ।

फोर्ड फ्रिस्टाइलमा ड्रयागन परिवारको नयाँ १.२ लिटर ३ सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले ९६ पीएस पावर र १२० एनएम टर्क प्रदान गर्नेछ । ५ स्पीड क्षमताको गियरबक्स यसमा उपलब्ध रहेको छ ।

सुरक्षाको लागि सेफ्टीको लागि ६ एयरब्याग, एन्टी लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक फोर्स डिष्ट्रिब्युसन, ट्रायक्सन कन्ट्रोल, रियर भ्यू क्यामेरा जस्ता फिचर पाउन सकिन्छ । यसबाहेक कारमा ६.५ इन्चको टचस्क्रृन इन्फोटेन्मेन्ट सिस्टम, पुस बटन स्टार्ट, कि–लेस इन्ट्री, अटो हेडल्याम्प, रेन–सेन्सिङ वाइपर, १५ इन्च अलोय ह्वील रहेका छन् ।


Back_to_top