आर्थिक वर्ष २०१८-१९ को पहिलो तीन महिनामा टाटा मोटर्सलाई १८६३ करोड भारतीय रुपैयाँ घाटा भएको छ ।
बेलायती सहायक कम्पनी ज्यागुअर र ल्यान्ड रोभरको बिक्रीमा आएको कमिकाकारण घाटा भएको कम्पनीको निष्कर्श छ ।
टाटा समूहले अटो बजारमा प्रवेश गरे पश्चात् कम्पनीले वित्तीय वर्षको सुरुवातमा नै नोक्सान बेहोरेको यो पहिलो पटक हो ।
टाटाको बिट्रेनमा सहयोगी कम्पनी जेएलआरले अप्रिल–जुनको तीन महिनामा कुल २१ करोड पाउन्ड घाटा व्यहोरेको छ । जेअलारको आम्दानीमा गत वर्ष ६.७ प्रतिशत अर्थात ५२२.२ करोड पाउन्ड गिरावट आएको थियो ।
जेअलारको कारोबारमा मुख्यत चीनको ड्युटीमा गरिएको परिवर्तन, डि स्टकिंग तथा विदेशी मुद्रामा आएको उताब चढाबको कारण प्रतिकुल असर परेको थियो ।
टाटा मोटर्सका अध्यक्ष नटराजन चन्द्रशेखरन भन्छन् ‘ टाटाले निक्कै चुनौतीको सामना गर्नुपरेको छ । चीनको ड्युटीमा आएको परिवर्तननै नोक्सानीको मुख्य कारण हो ।’
ब्रिटेन र युरोपीयन बजारमा ग्यासोलिन गाडीको प्रयोगबारे ल्याइएको नयाँ अवधारणाका कारण पनि आफुहरुले घाटा व्यहोर्नुपरेको उनले बताए ।


