सरकारको आदेशमा यसरी नष्ट भयो ७६ लग्जरी कार र बाइक (भिडियोसहित)

फिलिपिन्स सरकारले करिब ६० करोड रुपैयाँ भन्दा बढि मूल्यको लग्जरीकार र महंगो मोटरसाइकल नष्ट गरेको छ । 

यसरी नष्ट गर्ने कार्य राष्ट्रपति रोड्रिगो दुतेर्तेको ठाडो आदेशमा भएको हो । उक्त कारवाहीको समयमा राष्ट्रपतिसमेत उपस्थित थिए । 

‘यो काम देशमा भइरहेको अपराधिक गतिविधिलाई रोक्नलाई लिइएको हो, जसले भ्रष्टचार कमगर्न सहयोग पुग्ने छ’ राष्ट्रपतिले भने । 

यसरी नष्टगरिएको कारहरुमा पोर्स, लम्बर्गनी, मर्सिडिज बेन्ज, बिएमडब्लुजस्ता विश्वप्रसिद्ध उत्पादकले उत्पादन गरेका कारहरु थिए भने मोटरसाइकलमा अमेरिकी कम्पनी हार्ले डेभिसनका उत्पादन थिए । 

यी सबै सवारीसाधनहरु अवैध धन्दामा संलग्न भएको समयमा सुरक्षा निकायले नियन्त्रमा लिएको जनाइएको छ । 

यी कार र बाइक नष्टपछि सरकारको तर्फबाट बयान जारीगर्दै यी सबै बहान अबैधरुपमा फिलिपिन्स ल्याईएको र अझै केही बहान रहेको जानकारी दिइएको छ । 

पछिल्लो समय फिलिपिन्स सरकार भ्रष्टचार नियन्त्रणमा निकै आक्रमक भएर कामगर्दै आइरहेको छ । यसअघि पनि फेब्रुवरीमा ३० वटा लग्जरी कार नष्ट गरिएको थियो । 


Back_to_top