काठमाडौं । टाटा मोटर्सको कम्प्याक्ट इभी नेक्सन म्याक्स सर्वजनिक भएको छ । कम्पनीले यसमा ब्याट्री साइज र पावर बढाएर ल्याएको हो । पहिलेभन्दा ठूलो ब्याट्री, धेरै पावर र रेन्ज भएको कारण यसको नाम नेक्सन म्याक्स राखिएको हो ।
नेक्सन म्याक्समा ४०.५ किलोवाट आवरको ब्याट्री, १०५ किलोवाट क्षमताको मोटर र मल्टी रिजेनेरेटीभ मोड यसमा पाउन सकिन्छ । यसमा रहेको व्याट्रीले सिंगल चार्जमा ४३७ किलोमिटर रेन्ज दिने एआरएआईले प्रमाणित गरेको छ ।
एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरी गरी दुईवटा भेरियन्टमा लन्च भएको नेक्सन म्याक्समा दुईथरी चार्जिङ अप्सन दिएको छ । यसमा स्ट्याण्डर्ड ३.३ र अर्को ७.२ किलोवाट क्षमताको चार्जर दिएको छ ।
नेक्सन म्याक्सलाई ३.३ किलोवाटको चार्जरले फुल चार्ज गर्नका लागि १५ देखि १६ घण्टा लाग्छ भने ७.२ किलोवाटको चार्जरले चार्ज गर्दा जम्मा ६ घण्टामै फुल चार्ज हुनेछ ।
नेक्सन म्याक्समा पूरानो नेक्सन इभीमा भन्दा केही अन्य फिचरहरु समेत थप भएको छ । यसमा पार्कमोड सहितको इलुमीटेड गियर नव, इलेक्ट्रोनीक पार्किङ ब्रेक, एयर प्यूरीफायर, चारवटै चक्कामा डिस्क ब्रेक, कुल्ड सिट आदि रहेका छन् ।
त्यस्तै, सुरक्षाका लागि म्याक्समा इएसपी तथा हिल होल्ड असिस्ट समेत थपिएको छ । यसमा अब स्मार्ट वाच कनेक्ट तथा क्रूज कन्ट्रोलको पनि सुविधा दिइएको छ ।
नेक्सन इभी म्याक्समा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको व्याट्री र मोटरमा वारेन्टी रहेको छ । यसको कलर पनि नयाँ डिउल टोन भएको छ ।
नेक्सन इभी म्याक्सको भारतीय बजारमा एक्सजेड प्लस ३.३ किलोवाटको १७ लाख ७४ हजार र ७.२ किलोवाटको चार्जर भएको १८ लाख २४ हजार तथा एक्सजेड प्लस लग्जरीको सानो चार्जर भेरियन्टको १८ लाख ७४ हजार र ठूलो चार्जर भेरियन्टको १९ लाख २४ हजार भारतीय रुपैयाँ तोकिएको छ ।


