चांगनले ५ नयाँ इलेक्ट्रीक मोडल ल्याउने, इभीको ब्राण्ड नेम ‘दिपल’

काठमाडौं । चांगन अटोले ५ नयाँ इलेक्ट्रीक मोडल बजारमा उतार्ने घोषणा गरेको छ । कम्पनीले इभीको लागि छुट्टै ‘दिपल’ ब्राण्ड नेमबाट नयाँ मोडल सार्वजनिक गर्ने घोषणा गरेको हो ।

बढ्दो विद्युत्तीय कारको मागलाई सम्बोधन गर्न २१ वटा नयाँ उत्पादन बजारमा ल्याउने घोषणा मध्ये ५ वटा दिपल ब्राण्डमा आउने कम्पनीले जनाएको छ ।

सन् २०५० सम्ममा सून्य प्रदुषण भेहिकल मात्रै विक्री गर्ने योजना बनाएको चांगनले आइटी जाइन्ट हुवावे र ब्याट्री उत्पादनमा अग्रणी ब्राण्ड सिएटीएलसँग सहकार्य गर्ने जनाएको छ ।

चांगनले विद्युतीयसँगै हाइड्रोजन फ्यूल सेल कारमा पनि लगानी तिब्र गतिमा बिस्तार गरिरहेको छ । कम्पनीले हाइड्रोजन फ्यूलसेलमा उच्च सुरक्षा, विश्वसनियता र सहजतालाई ध्यान दिदै लगानी बढाइरहेको छ ।


Back_to_top