नेपाल आउने पक्का भयो यामाहा ‘आर–१५ भी ३’, कति पर्ला मूल्य ?

काठमाडौं । यामाहाको स्पोर्टस् बाइक आर–१५ भी ३ नेपाल आउने पक्का भएको छ । 

यामाहाको नेपालको लागि आधिकारी विक्रेता मोरङ अटो वर्कसका अनुसार आर–१५ भी ३ नाडा अटो शोमा नेपाली बजारमा सार्वजनिक हुनेछ । नाडा अटाे शाे भदाै २६ गतेबाट काठमाडाैंमा अायाेजना हुदेेछ ।

पछिल्लो समय स्पोर्टस् बाइक किन्न नेपालमा निकै महंगो भएको समयमा यो १५५ सीसीको इन्जिन भएको बाइक नेपाली बजारको लागि उपयुक्त र सस्तो हुन सक्छ ।

कम्पनीले यस बाइकमा तेस्रो पटक मुख्य परिर्वतन गरि बजारमा सार्वजनिक गरिएको छ । सन् २००८ मा पहिलोपटक आएको यो स्पोर्टस् बाइक निकै लोकप्रिय बाइकमा परेको छ ।

नेपाली बजारमा पनि धेरै रुचाइएको यो बाइकले दक्षिण एसियाली बजारमा मोटरसाईकलको परिभाष नै परिर्वतन गरेको मान्नेहरु समेत पाइन्छन् । 

तेस्रो संस्करणमा आईपुग्दा बाइकको बाहिरी डिजाइनमा निकै परिर्वतन गरिएको छ । भी ३ मा आइपुग्दा बाइकको परर्फरमेन्समा समेत निकै सुधार गरिएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् । 

यसमा प्रयोग भएको सिटसमेत निकै आरामदायी र ओभरअल चालकलाई संन्तुष्ट गर्ने रहेको जनाइएको छ । 

यस्ता छन् फिचर 

यामाहा आर १५ भी३ वाइक १५५.१ सिसि फ्युल इन्जेक्ट इन्जिनको प्रयोग गरिएको छ । १५५ सीसीमात्रै क्षमता भएकाले नेपालको बजेटले बढाएको अन्तशुल्कको असर यो बाइकमा धेरै पर्ने छैन ।

यसले म्याक्सीमम् पावर आउटपुट १०००० आरपीएममा १९.०४ बिपिएच गर्छ । त्यस्तै टर्क आउट पुट ८५०० काे आरपीएमा १४.७ एनएम  प्रदान गर्छ । 

यो वाईकले टप स्पिड १४४ किलोमिटर प्रति घन्टाको रहेकाे छ । यसमा एलइडी हेड ल्याम्प, अपसाइड डाउन फ्रन्ट फोर्कलगायतका फिचर रहेका छन् ।

६ स्पिड म्यानुयल गियर दिइएको यो वाइकले प्रतिलिटर ३५ देखि ४० किलोमिटरको दरले माइलेज दिने कम्पनीले जनाएको छ । 

३ कलर भेरियन्टमा आउन लागेको यो वाइक रातो, निलो र कालो कलरमा उपलब्ध हुन्छ । यसको नेपाली बजारमा मूल्य ४ लाखको हाराहारीमा पर्ने अनुमान गरिएको छ । 


Back_to_top