सडक र सवारीः लामाहरुको सडक निर्माण, डिम्पल कुमारीको सवारी

काठमाडौं । हिजो बुधवार सोसल मिडियामा २ वटा फरक दुष्य चर्चित रह्यो । पहिलो थियो काठमाडौंको बौद्धमा लामा भिक्षुहरुले बाटो मर्मत गरिरहेको र दास्रो २ नम्बर प्रदेशकी राज्यमन्त्री डिम्पल कुमारी झाको गाडीको लस्कर । 

तपाई हामीलाई लामा भिक्षु भन्ने वित्तिकै सान्त मुद्रामा ध्यान गरिरहेको बुद्धको तस्वीर मानसपटलमा आउछ । तर, हिजोको दृष्य फरक प्रकारको थियो । विगत २ वर्षदेखि अस्तव्यस्त रहेको बौद्ध जाेरपाटी साँखु सडकमा नियमित हिडडुल गर्न असाध्यै सकस पूर्ण भएको छ ।

 

स्थानीय सरकार र संघीय सरकारलाई धेरै पटक खवरदारीगर्दा समेत यो सडक बन्न सकेको छैन । जनताको आँखामा छारो हालेको जसरी ८–१० ट्रीप माटो हाल्ने र त्यो घाम लाग्दा बुङबुङ धुलो उडेर धुलोकै कुईरो लाग्ने अवस्था सृजना भएको थियो । 

यस्तो देख्न नसकेर बौद्धका स्थानीय लामाहरुले आफ्नै पैसा खर्च गरेर आफैँ सडकमा उत्रेर बाटो मर्मत गरेका थिए । 

दास्रो दुष्य भने कुनै साउथ इन्डियन चलचित्रको जस्तो देखिने नेपालको प्रदेश नं २ की राज्यमन्त्री डिम्पल कुमारी झाको काफिलाको हो । जसमा उनी सवार गाडीको पङ्ती गनेर नसकिने थियो ।


Back_to_top