फेरिएको हुन्डाई भर्ना र नयाँ फिचर

काठमाडौं । हुन्डाई मोटर्सको सफल एजुकेटीभ सेडान भर्ना नयाँ जेनेरेशन मोडलमा आउने भएको छ । कम्पनीले भारतको विभिन्न सडकमा परिक्षण गरेका तस्विर भिडियोले यसलाई पुष्टी गर्छ ।

नयाँ जेनेरेशन भर्नामा व्यापक परिमार्जन देख्न सकिन्छ । कम्पनीले भर्ना सेडानमा समेत हुन्डाई टुसानको जस्तै आकर्षक प्यारामेट्रिक ग्रिल डिजाइन दिएको छ ।

ग्रिल मात्र होइन भर्नाको अगाडि र पछाडिको बम्परमा पनि ठूलै फेरबदल भएको देखिन्छ । यसमा नयाँ हेडल्याम्प, पछाडिसम्म पुगेको रुफलाइन, सुधारिएको बोनेट र टेलगेट पाउन सकिन्छ ।

सार्वजनिक भएका तस्विरहरुलाई आंकलन गर्दा यो कार नयाँ प्लेटफर्ममा बनिरहेको अनुमान गर्न सकिन्छ । त्यही कारण यसको इन्टेरियर स्पेश ठूलो रहने देखिन्छ । एक्सटेरियरमा जस्तै यो कारको इन्टेरियरमा पनि व्यापक परिवर्तन भएको अनुमान गर्न सकिन्छ ।

नयाँ भर्नामा नयाँ डिजाइनको ड्यासबोर्ड र सेन्ट्रल कन्सोल, भेन्टीलेटेड फ्रन्ट सिट, वायरलेस चार्जर, फ्लोटिङ टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, सनरुफका साथै अल डिजिटल इन्ट्रुमेन्ट कन्सोल रहने छ ।

विशेष सुरक्षा फिचर थप भएर आउन लागेको नयाँ भर्नामा ६ वटा एयरव्याग, लेटेस्ट व्लुलीङ्क कनेक्टीभीटीका साथै एडीएएस टेक्नलोजी पनि रहने सम्भावना छ ।

यात्रुको सहजताको लागि रियर आर्मरेष्ट, एड्जस्टेवल हेडरेस्ट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, लेदर र्याप स्टेरिङ ह्वील, कु्रज कन्ट्रोल जस्ता नविन र आवश्कताका फिचर यसमा रहने छन् ।

नयाँ भर्ना रेगुलर १.५ लिटर पेट्रोल र डिजेल इन्जिनमा उपलब्ध रहनेछ । तर, प्रदुषण कम गर्न टर्बो इन्जिन र माइल्ड हाइब्रिड टेक्नोलोजीको प्रयोग हुन सक्ने छ ।

 


Back_to_top