जीपकाे ७ सीटर एसयूभी मेरिडियनकाे विक्री शुरू

जीप इन्डियाले आफ्नो पहिलो थ्रीराे एसयूभी मेरिडियन भारतीय बजारमा विक्री शुरू गरेको छ । कम्पनीले जीप मेरिडियन एसयूभीको बुकिङ केहि समय अघिनै सुरु गरेको थियो ।

जीप मेरिडियन खरिदका लागि कम्पनीको आधिकारिक वेबसाइट मार्फत ५० हजार रकममा बुझाएर बुक गर्न सकिन्छ ।

डिजाइनको हिसाबमा जीप मेरिडियन एसयूभी जीप कम्पासभन्दा बढी प्रिमियम देखिन्छ ।  जीप मेरिडियनको लम्बाई ४ हजार ७६९ एमएम, चौडाइ १ हजार ८५८ एमएम र उचाई १ हजार ६९८ एमएम तथा यसकाे ह्विलबेस २ हजार ७९४ एमएम छ । जीप मेरिडियन थ्रिराे एसयूभी स्मल वाइड ४X४ प्लेटफर्ममा आधारित छ ।

मेरिडियन ३ वटा ड्राइभ मोड रहेकाे छ। जसमा स्नो, स्यान्डमड र अटो मोड हुन् । याे एसयूभीले  मात्र १०.८ सेकेन्डमा  १०० किमी प्रतिघन्टाको गति लिन सक्छ र यसको टप स्पिड १९८ किमी प्रतिघन्टा छ ।

त्यसैगरी, मेरिडियनको ‘रियर डोर’ काे लम्वाइ केहि लामो छ, ताकी बीचको र अन्तिमको ‘रो’ मा बस्ने पेसेन्जर भित्र छिर्न र निस्कन सहज महशुस हुन्छ । मेरिडियनको अगाडिको भागमा ‘एलइडी प्रोजेक्टर र इन्टिग्रेटेड एलइडी डिआरएल’सहितको  हेडल्याम्प र आइकोनिक सेभेन-स्लेट ग्रील रहेकाे छ । रियरमा होरिजेन्टल एलईडी टेललाइट, रियर वाइपरका साथै इन्टिग्रेटेड  स्पोइलर पाउन सकिन्छ । यो एसयूभीमा १८ इन्चको डायमण्ड–कट अलोय ह्वील रहेकाे छ ।

अगाडिको बम्पर पनि जीप कम्पासकोभन्दा फरक छ । यसको ‘सिंगल एअर ड्याम’ र ‘क्रोमबार’ ले ‘फ्रन्ट बम्पर’ लाई दुई भागमा विभाजन गरिएकाे छ । बम्परको तल्लो भागलाई ‘ब्ल्याक फिनिस’ गरिएको छ जसले यसलाई ‘रगेड’ देखाएको छ ।

भारतीय बजारका लागि जीप मेरिडियनको सुरूवाती मूल्य म्यानुअल ट्रान्समिसनकाे २९ लाख ९० हजार देखि ३४ लाख ३० हजार रहेकाे छ । अटोमेटिक ट्रान्समिसन सहितकाे टपअफदलाइन भेरिएन्टको मूल्य भने ३६ लाख ९५ हजार तोकिएको छ ।

फिचर

२०२२ जीप मेरिडयनमा डुअल जोन क्लाइमेट कन्ट्रोल, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, एप्पल कारप्ले र एन्ड्रोइड अटोसहितको १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट, ठूलो पानोरामिक सनरुफ, वायरलेस फोन चार्जर, मल्टिकलर एम्बीयन्ट लाइटिंग, स्टेरिङग माउन्टेड कन्ट्रोल, क्रुज कन्ट्रोल, पावर्ड टेलगेट र ९ स्पिकर अल्पाइन सोर्स अडियो सिस्टमका साथै अन्य धेरै फिचर छन् ।

सुरक्षा फिचर

जीप मेरिडियनमा मल्टिपल एअरब्याग, एबीएस, इबीडी, फ्रन्टर रियर पार्किङ सेन्सर, इलेक्ट्रिक पार्किङ ब्रेक, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, टायर प्रेसर मनिटरिङ, ३६० डिग्री क्यामेरा जस्ता ६० भन्दा बढी सुरक्षाका फिचर रहेकाे छ ।

साथै यसको टप भेरियन्टमा एडाप्टिभ क्रुज कन्ट्रोल, अटोनमस इमर्जेन्सी ब्रेकिङ, लेन डिपार्चर वार्निंग जस्ता एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) रहनेछ ।

इन्जिन र गियरबक्स 

जीप मेरिडियनमा २.० लिटरको टर्बोचाज्ड ४ सिलिन्डर डिजेल इन्जिन रहेकाे छ ।  यो इन्जिनले अधिकतम १७० बीएच पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ । याे एसयूभीमा ६ स्पीड म्यानुअल स्टयाडर्ड तथा ९ स्पीड अटोमेटिक गियरबक्स  रहेकाे छ । मेरिडियन अल ह्विल तथा फ्रन्ट ह्विल दुबै ड्राइभ अफ्सनमा पाउन सकिन्छ । अहिले जीपले पेट्राेल इन्जीनमा मेरिडियन उपलब्ध गराएकाे छैन ।

जीप मेरिडियनकाे प्रतिस्पर्धा एमजीकाे ग्लस्टर, स्कोडा कोडियाक, टाटा सफारी र टोयोटाकाे फर्चुनर जस्ता चल्तीका ७ सिटै एसयूभीसँग हुनेछ ।

नेपाली बजारमा पनि सो एसयूभी छिट्टैनै आउने जीपका नेपालका लागि आधिकारीक वितरक लाइफ अटोमोवाइलले मेरोअटोलाई बताएको छ ।


Back_to_top