हिरोको ९७ सीसीको स्मार्ट मोटरसाइकल, यस्तो छ मूल्य र फिचर

काठमाडौं । अब हिरोको स्प्लेन्डरमा समेत स्मार्ट कनेन्ट फिचर थप भएको छ । हिरो मोटोकर्पले भारतीय बजारमा स्मार्ट कनेक्ट फिचरसहितको हिरो स्प्लेन्डर प्लस सार्वजनिक गरेको हो ।

कम्पनीले भारतीय बजारमा सार्वजनिक गरेको हिरो स्प्लेन्डर प्लस एक्सटेकको मूल्य ७२ हजार ९०० भारतीय रुपैयाँ निर्धारण गरेको छ । हिरो मोटोकर्पले सबै मोटरसाइकल तथा स्कुटरमा स्मार्ट कनेक्ट फिचर दिने अवधारण अघि ल्याएको हो ।

स्प्लेन्डर प्लसमा कम्पनीले अन्य सामान्य परिमार्जन समेत गरेको छ । यसमा फुल्ली डिजिटल इन्स्ट्रुेमन्ट क्लस्टर, यूएसबी चार्जिङ पोर्ट, एलइडी लाइट्स जस्ता फिचर थप गरेको छ । यसमा रहेको डिजिटल कन्सोलमा स्मार्टफोन कनेक्ट, कल तथा एमएमस अलर्ट, लो फ्यूल इन्डिकेटर, रियल टाइम माइलेज जस्ता जानकारी पाउन सकिन्छ ।

हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता एनजीएम हिरोले स्मार्ट कनेक्ट फिचर भएको दुई नयाँ मोडल नेपालमा सार्वजनिक गरेको थियो । केहि समय अगाडि भक्तपुरको सल्लाघारीमा भएको एक्सचेन्ज मेलामा ग्ल्यामर स्मार्ट कनेक्ट र मेएष्ट्रो एज स्मार्ट कनेक्ट सार्वजनिक गरेको थियो । हाल भारतमा सार्वजनिक भएको स्प्लेन्डर प्लस एक्सटेक चाडै नेपाली बजारमा आउने अनुमान गर्न सकिन्छ ।

हिरो स्प्लेन्डर प्लस एक्सटेकमा ९७ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ८००० आरपीएममा ८.२ पीएस पावर जेनेरेट गर्छ भने ६००० आरपीएममा ८.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ४ स्पीडको गियरबक्स जडान गरिएको छ ।


Back_to_top