काठमाडौं । भारतीय इलेक्ट्रीक दुईपाङ्ग्रे सवारी निर्माता कम्पनी ओडिसीले १५० किलोमिटर रेन्ज दिने दुई मोडलका इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले ओडिसी भी-२ र भी-२ प्लसगरी दुई मोडल सार्वजनिक गरेको हो ।
कम्पनीले ७५ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) मूल्य राखेर विक्री सुरु गरेको दुबै स्कुटरमा डुअल वाटर रेसिस्टेंट आइपी ६७ सर्टिफाइड लिथियम आयोन ब्याट्री प्याक रहेको छ ।
कम्पनीले यी स्कुटरहरु तीन कलर अप्सनमा सार्वजनिक गरेको हो । यी स्कुटरमा एन्टि थेफ्ट अर्लाम, किलेस स्टार्ट, रिभर्स गियर, ब्याट्री कुलर, १२ इन्च टायर, एलइडी लाइट जस्ता फिचर पाउन सकिन्छ ।
कम्पनीका अनुसार ओडिसी भी-२ प्लसले १५० किलोमिटर रेन्ज दिनेछ । यसमा २.६ किलोवाट क्षमताको लिथियम आयन ब्याट्री उपलब्ध छ । यसलाई एक पटक फुल चार्ज गर्न ३.५ घन्टा लाग्छ ।
भारतमा उत्पादन भएको ओडिसीका मोटरसाइकल तथा स्कुटरहरु नेपाली बजारमा उपलब्ध छन् । ओडिसीको नेपाली बजारका लागि आधिकारिक विक्रेता कम्पनी इ-गो अटोमोटिभ्सले रहेको छ । कम्पनीका अनुसार यी दुई मोडलका स्कुटर चाँडै नै नेपाल आउने छन् ।

