सामान्य मोटरसाइकलको मूल्य जति रकम बुझाएर किन्न सकिने २ कार

काठमाडौं । सामान्य १५० सीसीको मोटरसाइकलको मूल्य नै ४ लाख रुपैयाँ हाराहारी पर्न थालेको समयमा त्यति नै रकम डाउन पेमेन्ट गरेर चढ्न सकिने दुई इलेक्ट्रीक कार बजारमा किन्न पाइन्छ ।

विद्युतीय कार भएको कारण गाडीको मूल्यको २० प्रतिशत मात्रै डाउन पेमेन्ट गर्दा पुग्छ भने बाँकी रकम बैंकबाट कर्जा लिन सकिन्छ । अहिले बजारमा उपलब्ध सबैभन्दा कम मूल्यका दुई इलेक्ट्रीक कार डेरी इएम ७ र हेनरी टाइगर मोडल हो ।

पायोनियर वर्ल्ड वाइड प्रालिले नेपाल ल्याएको हेनरी ब्राण्डको टाइगर मोडलको मूल्य २२ लाख रुपैयाँ रहेको छ । यसलाई २० प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी रकम कर्जा सुविधा लिन सकिने छ । मूल्यको २० प्रतिशतले हुन आउने ४ लाख ४० हजार रुपैयाँ डाउन पेमेन्ट बापत बुझाएर हेनरी टाइगर मोडल खरिद गर्न सकिन्छ ।

अटो होस्टले विक्री गर्दै आएको डेरी ब्राण्डको इएम ७ पनि बजारमा निरन्तर उपलब्ध रहेको मोडल हो । कम्पनीले यसको मूल्य २० लाख ५० हजार निर्धारण गरेर विक्री गर्दै आएको छ । यसलाई किन्न चाहने ग्राहकले ४ लाख १० हजार डाउन पेमेन्ट वापत बुझाएर खरिद गर्न सक्नेछन् ।

थोरै डाउन पेमेन्ट गरेर गाडी किन्दा मासिक किस्ता भने धेरै तिर्नु पर्ने हुन्छ । यसरी २० प्रतिशत मात्रै रकम जम्मा गरेर ७ वर्षको किस्तामा यी दुई कार किन्ने ग्राहकले अहिलेको महंगो ब्याजदरको कारण मासिक ३० हजार हाराहारी किस्ता तिर्नु पर्ने हुन्छ । तर, यी दुबै विद्युतीय कार भएको कारण पेट्रोल वापत खर्च गर्ने रकमले मासिक किस्ता तिर्न सहयोग पुग्ने छ ।

एक पटकको फुल चार्जमा करिब १७० किलोमिटर गुडाउन मिल्ने यी दुबै कारमा सानो साइजको ब्याट्री उपलब्ध रहेको छ । हेनरीमा १६.५ किलोवाट आवर र इएम ७ मा १८ किलोवाट आवरको लिथियम आयोन व्याट्री प्याक रहेको छ ।

विद्युतीय गाडी भएको कारण दुबै कारमा धेरै किसिमका आधुनिक फिचर उपलब्ध रहेका छन् । म्यानुयल ह्याण्ड ब्रेक, इलेक्ट्रीक पावर स्टेरिङ, हिल एसिस्ट, एसी, हिटर, डिजिटल क्लष्टर, पावर विन्डो, रिभर्स क्यामेरा, आल्मुनियम ह्वील जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top