यी हुन् नेपालमा चाँडै सार्वजनिक हुने मोटरसाइकल तथा स्कुटर, तपाईको रोजाइमा कुन ?

काठमाडौं । नेपाली बजारमा धमाधम नयाँ मोटरसाइकल सार्वजनिक हुँने भएको छ । लामो समयदेखि बजारमा नयाँ मोडलका मोटरसाइकल सार्वजनिक भएका छैनन् ।

अबको केहि हप्ता भित्रनै यामाहाले तीन नयाँ मोटरसाइकलको विक्री सुरु गर्ने तयारी गरेको छ । त्यस्तै सुजुकीले एक नयाँ मोडलको स्कुटर सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । बजाजले पनि पल्सर सिरिजकै सबैभन्दा धेरै क्षमताको पल्सर २५० सिरिज नाडा अटो शो लक्षित गरेर सार्वजनिक गर्ने भएको हो ।

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी एमएडब्ल्यू इन्टरप्राइजेजले केहि दिन अघि सम्पन्न महा एक्सचेन्ज मेलामा तीन नयाँ मोडलका मोटरसाइकल प्रदर्शन गरेको थियो । त्यसमध्य यामाहा एफजेडएक्सको बुकिङ खुल्लासमेत गरेको छ । यसको मूल्य ४ लाख २७ हजार रुपैयाँ हुने कम्पनीले बताएको छ । अबको केहि हप्ता भित्रनै यसको विक्री सुरु हुने कम्पनीले जानकारी दिइको हो ।

त्यस्तै अर्को मोटरसाइकल यामाहा आर १५ भी४ र आर १५एम समेत प्रर्दशनि गरेको हो । कम्पनीले यी दुई मोटरसाइकल आगामी महिनासम्ममा बजारमा उपलब्ध गराउने जनाएको छ । यी दुबै मोटरसाइकलको मूल्य ५ लाख हाराहारी हुने अनुमान गर्न सकिन्छ ।

त्यस्तै सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी भीजी इम्पेक्सले सुजुकी एभेनिस १२५ सार्वजनिक गर्ने तयारी अन्तिम अवस्थामा रहेको जनाएको छ । कम्पनीका अनुसार यो स्कुटर जेष्ठमहिना भित्रमा सार्वजनिक हुनेछ । स्पोर्टी डिजाइन र आकर्षक फिचर रहेको यो स्कुटरले एनटर्क १२५ सँग प्रतिस्पर्धा गर्ने अनुमान लगाउन सकिन्छ । एभेनिस १२५ को मूल्य २ लाख ९० हजार हारीहारी हुने अनुमान रहेको छ ।

त्यस्तै बजाज मोटरसाइकलको लागि नेपालको आधिकारि विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाज पल्सर सिरिजकै सबैभन्दा पावरफुल मोटरसाइकल एफ२५० र एन२५० भदौमा हुने नाडा अटो शोमा सार्वजनिक गर्ने तयारी गरिररहेको जनाएको छ ।

यसका साथै क्लासी लेजेन्ड जावाले जावा २.१ सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले जावा २.१ को बुकिङसमेत खुल्ला गरिसकेको छ ।


Back_to_top