काठमाडौं । रोयल एनफिल्ड बाइकलाई विशेष गरेर कम माइलेज दिने बाइकको रुपमा लिने गरिएको छ । आफ्नो रेक्ट्रोलुक्सलाई लिएर निकै चर्चामा रहने गरेको यसका उत्पादनमा १३.५ लिटरदेखि २० लिटरसम्मको फ्युल ट्याङ्क दिएको छ । यी बाइकमा २.५ लिटरदेखि ३.५ लिटरसम्म तेल रहाँदा रिर्जब लाग्ने छन् ।
कम्पनीको अनुसार ३५० सीसी क्लासिक बाइकले ३७ देखि ४० किलोमिटर माइलेज दिने छ । यस्तोमा बाइकलाई रिर्जभ लागेपछि १०० किलोमिटर भन्दा बढी संचालन गर्न सकिन्छ ।
रोयल एनफिल्डका बुलेट, बुलेट इएस, क्लासिक, थन्डरबर्ड, हिमालयन र कन्टिनेन्टल जीटी मोडलहरु उत्पादन हुन्छन् । यी मध्ये बुलेट, क्लासिक र थन्र्डर बाइक ३५० सीसीमा छ भने, यी बाहेक अन्य ५०० सीसी क्षमतामा छन् । केही मोडलमा फ्युल इजेक्टर, प्रोजेक्ट हेडल्याम्प र डिजिटल इसट्रुमेन्ट क्लस्टरजस्ता फिचर रहेका छन् ।
थन्डरबर्ड ३५० बाइकमा ३४६ सीसी इन्जिन दिइएको छ । यसमा २० लिटरको ट्याङक दिइएको छ भने ३.५ लिटरमा रिर्जब लाग्ने छ । यो रिर्जबमा गएपछि पनि ११२ किलोमिटरसम्म चल्न सक्ने छ ।
रोयल एनफिल्ड क्लासिक ३५०मा १३.५ लिटरको ट्याङ्क दिएको छ । यो बाइकले ३७ देखि ४० किलोमिटर माइलेज दिन्छ । २.५ लिटरमा रिर्जव लाग्ने यो बाइक रिर्जबमा लागेपछि १०० किलोमिटरसम्म चल्ने छ ।
रोयल एनफिल्ड बुलेट इएस ३५०मा १३.५ लिटरको फ्युल ट्याङ्क रहेको छ भने यसले ३५ देखि ३७ किलोमिटरसम्म माइलेज दिनेछ । यो बाइक रिर्जबमा लागेपछि ९२ किलोमिटरसम्म चलाउन सकिन्छ ।


