काठमाडौं । मारुती सुजुकी ब्रेजा एक सफल सब फोर मिटर एसयूभी हो । भारतीय बजारमा मारुती सुजुकीलाई एसयूभी सेग्मेन्टमा बलियो उपस्थिति जनाउन सहयोग गरेको ब्रेजा नेपालमा पनि सफल मोडल हो ।
सन् २०२१ मा नेपालमा पनि करिब २ हजार यूनिट आयात र विक्री भएको ब्रेजा निकै सफल मोडल मानिन्छ । मारुती सुजुकीले ब्रेजाकै बलमा आफ्नो बजार हिस्सालाई नेपालमा कम्पनीले जोगाइरहेको छ भन्दा फरक पर्दैन ।
सब फोर मिटर एसयूभीमा १.५ लिटर क्षमताको नेचुरल्ली एस्पीरेटेड पेट्रोल इन्जिन भएको पहिलो गाडी भएको कारण पनि नेपालमा यसको विक्री निकै राम्रो भएको हो ।
आफ्नो सफल र पहिलो सब फोर मिटर एसयूभीलाई मारुती सुजुकीले नेक्सट जेनेरेशन मोडल केही दिन भित्रै बजारमा ल्याउने तयारी गरिरहेको छ ।
भारतीय मिडियाहरुले नयाँ ब्रेजाको टिभी विज्ञापन सुटिङको क्रममा भेट्टाएर तस्विरहरु सार्वजनिक गरेका छन् । सार्वजनिक भएको तस्विर अनुसार नयाँ ब्रेजाको एक्सटेरियरमा पुरानोभन्दा निम्न भिन्नता पाउन सकिन्छ ।

१. अगाडिको ग्रिल र हेडल्याम्पः अगाडिको भागमा निकै राम्रो परिमार्जन देख्न सकिने नयाँ ब्रेजामा प्रयोग भएको ग्रिल निकै आधुनिक फिल दिने किसिमको छ । ट्वीन पड क्लष्टर सहितको एलइडी हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइटले यसलाई उत्कृष्ट देखाएको छ ।
२. पछाडिको भागमा परिमार्जनः कम्पनीले ब्रेजाको पछाडिको भागलाई आकर्षक बनाउन निकै मिहिनेत गरेको छ । र्यापअराउन्ड एलइडी टेलल्याम्प, हाइ माउन्ट स्टपल्याम्प, सार्क फिन एन्टेना, ग्रे कलरको रुफरेल यसमा देएिको छ ।
३. नयाँ डिजाइनको अलोय ह्वीलः मारुती सुजुकीले नयाँ डिजाइनको अलोय ह्वील दिएर ब्रेजा बजारमा ल्याउन लागेको देखिन्छ । कम्पनीले दुई कलरमा सजिएको ह्वील यसमा दिने छ ।
४. नयाँ बम्परः अहिले बजारमा विक्री भइरहेको ब्रेजाको तुलनामा नयाँ ब्रेजामा विल्कुलै फरक बम्पर पाउन सकिन्छ । कम्पनीले अगाडि र पछाडिको दुबै बम्परलाई परिवर्तन गरेको छ ।
५. साइड प्रोफाइल भने उस्तैः अगाडि, पछाडि र छतमा थुप्रै परिमार्जन गरेको नयाँ ब्रेजाको साइड प्रोफाइल भने पहिलेकै जस्तो छ । कालो कलरमा बडी क्लाडिङ, बडी कलरको डोर ह्याण्डल यसमा पाउन सकिन्छ ।

