एफजेड-एक्स १५० सार्वजनिक, ७ तस्विरमा हेर्नुहोस् नयाँ मोटरसाइकल

काठमाडौं । यामाहाले बहुप्रतिक्षित मोटरसाइकल एफजेड-एक्स नेपालमा विक्री सुरु गरेको छ । कम्पनीले ४ लाख २६ हजार ९०० रुपैयाँ मूल्य निर्धारण गरेर यसको विक्री सुरु गरेको हो ।

करिब १० महिना अघि भारतमा विक्री सुरु भएको रेट्रो लुक्समा तयार भएको यो मोटरसाइकल एमएडब्लू इन्टरप्राइजेज्ले नेपालमा विक्री गर्ने पहिलो रेट्रो डिजाइन मोटरसाइकल हो ।

यसलाई यामाहाले एफजेड सिरिजमा नै तयार गरेको छ । तर, रेट्रो लुक्स प्रदान गर्न फ्यूल ट्याङ्की, सिट, हेडल्याम्प जस्ता फिचर फरक दिएको छ । यसमा वल्र्ड स्कुल राउण्ड सेप एलइडी हेडल्याम्प पाउन सकिन्छ भने सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।

यसमा १४९ सीसी क्षमताको एफआई इन्जिन यसमा रहने छ । उक्त इन्जिनले ७२५० आरपीएममा अधिकतम १२.४ पीएस पावर र ५५०० आरपीएममा १३.३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ ।

यसका अलावा एफजेडएक्सको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन, दुबै चक्कामा डिस्क ब्रेक, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top