सुजुकी कम्पनीले बहुप्रतिक्षीत मोडल अर्टिगा स्पोर्टलाई अग्रेसिप लूकमा सार्वजनिक गर्ने तयारी गरेको छ । यही वर्ष बजारमा आउने मोडललाई इन्डोनेसिया अन्तर्राष्ट्रिय अटो–शो २०१८ मा सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।
सुजुकी अर्टिगा स्पोर्टमा स्मोक्ड हेडल्याम्प युनिट जडान गरिएको छ भने, १६ र १७ इञ्चका बोल्ड एलोई ह्वीलको प्रयोग गरिएको छ । कारमा रुफ इन्टेग्रेटेड स्पोइलर तथा अन्डरबडी स्पोइलरलगायतका आधुनिक विशेषता दिइएको कम्पनीले जनाएको छ ।
सिल्क एलईडी डे–टाइम रनिङ लाइट, ब्ल्याकइन्ड ग्रीलको माथि हेडल्याम्प जोड्ने रेड लाइनजस्ता फिचरहरूले सुजुकी एर्टिगालाई सजाइएको छ ।
मेकानिकल परिवर्तन भने गरिएको छैन । हाइब्रिड टेक्नोलोजीसँगै यस कारमा १.५ लिटर के–१५ बी भीभीटी पेट्रोल इञ्जिनलाई नै निरन्तरता दिइएको छ । यसले ६००० आरपीएममा १०४.७ पीएस पावरकासाथै ४००० आरपीएममा १३८ एनएम टर्क उत्पादन गर्छ ।
कम्पनीले नयाँ जिन अर्टिगाआगामी महिना सियाज फेसलिफ्टसँगै बजारमा ल्याउने जनाएको छ ।
फाइभ स्पीड म्यानूअल र फोर स्पीड अटोमेटिक ट्रान्समिसनमा ल्याउन लागिएको यो कार पुरानो मोडलको अनुपातमा केही तौल वृद्धि भएको कम्पनीले जनाएको छ ।


