काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेटले १५०० सीसी माथिका कारको अन्तःशुल्कमा ५ प्रतिशतले वृद्धि गरेको छ । यसअघि १५०० देखि २००० सीसीका कारमा ७० प्रतिशत अन्तशुल्क लाग्दै आएकोमा ५ प्रतिशतले बढेर ७५ प्रतिशत पुगेको हो ।
सरकारले १५०० सम्मका कार, जीप/भ्यानमा भने यसअघि कै करलाई निरन्तरता दिएको छ । त्यसैगरी २ हजारदेखि २५ सय सीसी र २५ सयदेखि ३ हजार सीसीसम्मका गाडीमा पनि ५ प्रतिशतले अन्तःशुल्क बढाएको छ । अब यी क्षमताका गाडीमा क्रमशः ८५ र ९५ प्रतिशत अन्तःशुल्क लाग्ने छ ।
त्यसैगरी ३ हजार सीसी माथिका गाडीमा १०५ प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ । यी सबै नयाँ करका दर भोलिबाटै लागु हुनेछन् ।


